पर्वत, १० भदौ ः विगत तीन दिनदेखि आफ्नै घरवाट वेपत्ता बनेकी पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीकी एक महिलाको मृत अवस्थामा भेटिनुभएको छ ।
स्थानीय ८० वर्षिया बसुन्धरा बगालेलाई मृत अवस्थामा सोमवार दिउँसो सवा २ बजे प्रहरीले फेला पारेको हो । गत शनिवार साँझ साढे ६ बजेदेखि वेपत्ता भएको भनि प्राप्त भएको सुचनाको आधारमा खोजतलास गर्न पुगेको प्रहरीको टोलीले घर भन्दा करिब तीन किलोमिटर उत्तरतर्फको एकोहोरे जंगलको भिरमुनि घोप्टो परेको अवस्थामा शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक भुवन बरामले जानकारी दिनुभयो ।
मोटरवाटोको डिलवाट बाट लडेर तीन÷चार सय मिटर तल पुगेका कारण मृत्यु भएको जस्तो देखिने प्रहरी निरिक्षक बरामले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक बृद्धले लगाएको गरगहना, र लुगाफाटो जस्ताको तस्तै रहेकाले लडेकै कारणले मृत्यु भएको जस्तो देखिएको छ ।
मृतक बृद्धको शब पोष्टमार्टका लागि जिल्ला असपताल पर्वतमा राखिएको छ ।






