कालिका लघुवित्तद्धारा ऋणि लाई बीमा भुक्तानी - News site from Nepal
कालिका लघुवित्तद्धारा ऋणि लाई बीमा भुक्तानी

फागुन १४ पर्वत – कालिका लघुबित्त बित्तिय संस्थाले पर्वतको बिहादी गाउँपालिका ३ का ऋणि स्वर्गिय सरला श्रेष्ठको परिवार लाई बीमा वापत प्राप्त भएको रकम हस्तान्तरण गरेको छ ।
ऋणिको निधन भएमा परिवारलाई ऋण मिनाह गर्ने नीति अनुसार लघुवित्तले उनको घरमै पुगेर उनको लगेको ऋण ७ लाख बाट साँवा, व्याज ४ लाख ४८ हजार ८ सय ९ रुपैयाँ समेत मिनाह गरि बीमा वापतको २ लाख ५१ हजार १ सय ९१ रुपैयाँ पनि हस्तान्तरण गरेको छ । स्वर्गिय सरला श्रेष्ठका श्रीमान खडकप्रसाद श्रेष्ठलाई कालिका लघुवित्त अनुगमन मुकाम कुश्माका अनुगमन अधिकृत हरिप्रसाद न्यौपानेले हस्तान्तरण गर्नुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा कालिका लघुवित्त रानीपानी शाखा प्रमुख ,कर्मचारीहरू तथा सोही केन्द्रका सदस्य तथा अन्य केन्द्रका सदस्य र अन्य स्थानीयबासिन्दा समेतको उपस्थिती थियो । श्रेष्ठको २०८० साल असोज २५ गते निधन भएको थियो । न्यौपानेले स्वर्गिय सरला श्रेष्ठको निधन प्रति दुख व्यक्त गर्दै श्रेष्ठ परिवारमा समबेदना व्यक्त गर्नुभयो । पछिल्लो समय लघुवित्त संस्थाले नागरिकलाई सास्ती दिएको, कर्जा लिएपछि फिर्ता नदिने गरेको जस्ता अराजक हल्ला फैलाईएको बेला कालिका लघुवित्तले भने त्यस्ता अफवाह लाई चिर्दै आएको उहाँले बताउनुभयो ।
लघुवित्त संस्थाले कहिल्यै पनि आफ्ना ऋणि लाई ठग्ने काम नगरेको भन्दै उहाँले ढुक्क भएर वित्तिय कारोवार गर्न पनि अनुरोध गर्नुभएको थियो । वर्तमान अवस्थामा बजारमा बैंक तथा बित्तीय संस्था प्रती केहि अराजक व्याक्तिले कर्जा लिइसकेपछी तिर्न पर्दैन भन्ने अराजक धारणा फैलिन थालेको छ ।
साथै लिएको कर्जा राज्यले मिनाहा गरिदिन्छ भन्ने गलत धारणा पनि विकसित भैरहेको छ । कर्जा लिदै गर्दा बैंक तथा बित्तीय सस्थासंग सदस्यले गरेको सम्झौता अनुसार मासिक रुपमा नियमित किस्ता तिरि असल तथा सभ्य नागरिकको पहिचान बनाइ राख्नुपर्ने धारणा कार्यक्रममा वक्ताहरुले राख्नुभयो ।
कार्यक्रममा सहभागी लाई संस्थाले सदस्यलाई प्रदान गर्ने सेवा सुबिधा, कर्जाका प्रकार तथा बचतका प्रकार, बैंक तथा बित्तीय संस्थाको वर्गीकरण तथा चुक्तापूंजी, व्याजदर, इन्स्योरेन्स बाट पाउने सुबिधा लगायत राष्ट्रबैंकले २०८० फागुन ८ मा प्रकाशित गरेको प्रेस विज्ञप्तीका बारेमा पनि जानकारी दिईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!