क्यान पर्वतको अध्यक्षमा सापकोटा - News site from Nepal
क्यान पर्वतको अध्यक्षमा सापकोटा

पर्वत : कम्प्युटर एशोसियसन् महासङ्घ जिल्ला कार्य समिति पर्वतको नवौँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ ।
कुश्मामा भएको अधिवेशनमाबाट भरत सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा विष्णु प्रसाद सुवेदी, सचिवमा मिलन पौडेल, कोषाध्यक्षमा प्रवेशराज पुरी, सहसचिवमा रमेश प्रसाद शर्मा तथा सदस्यहरूमा राधिका कुमारी शर्मा र जितलाल गिरी चयन भएका छन् ।
उक्त समितिमा चार जना सदस्यहरू पछि मनोनीत गरिने छ । अधिवेशनमा प्रमुख अतिथिको रूपमा क्यान महासङ्घ नेपालका केन्द्रीय कार्यसमितिका सदस्य चिन्तामणि बास्तोला रहेका थिए । कार्यक्रममा बोल्दै उनले देश विकासमा सूचना प्रविधिको महत्त्वपूर्ण योगदान रहने बताए । उक्त कार्यक्रममा क्यान गण्डकीका सचिव खड्क बहादुर गुरुङ, क्यान गण्डकीका लेखा समिति संयोजक गोपीनाथ तिमिल्सिना, क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेल, क्यान पर्वतका पूर्व अध्यक्ष ढाकाराम सापकोटा, क्यान कास्कीका पूर्व अध्यक्ष युवराज पौडेल, प्याब्सन पर्वतका अध्यक्ष श्रीराम पराजुली र नारायण माध्यमिक विद्यालय कुश्माका प्रधानाध्यापक प्रकाश रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्यान पर्वतका निवर्तमान अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्व सचिव भरत सापकोटाले र स्वागत मन्तव्य पूर्व उपाध्यक्ष विष्णु प्रसाद सुवेदीले राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!