पर्वत- पर्वतको पैयूँ गाउँपालिकाले नि:शुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । पैयूँ गाउँपालिकाले ख, ग, र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो । गाउँपालिकाले यो कार्यक्रम अपाङ्गता भएका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच प्रदान गर्ने उद्देश्यले ल्याएको हो। यस अन्तर्गत, यी वर्गमा पर्ने व्यक्तिहरूले राज्यद्वारा प्रदान गर्ने स्वास्थ्य बीमा योजनामा निशुल्क समावेश हुनेछन्।
निःशुल्क स्वास्थ्य बीमाको लागि सम्बन्धित व्यक्तिहरूलाई कार्तिक मसान्त भित्र आफ्नो वडामा निवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ। यस कदमले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच सुधार्दै उनीहरूको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास गाउँपालिकाको छ ।






