पर्वतको फलेवासमा सञ्चालन भएको मिनिटेलर मर्मत तालिम प्रभावकारी बन्दै - News site from Nepal

रामचन्द्र भुसाल
पर्वत – विगत ६ दिनदेखि पर्वतको फलेवासमा सञ्चालन भएको मिनिटेलर मर्मत तालिम प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय हाते ट्याक्टर तथा मिनिटेलरको प्रयोग बढ्दै गएको समयमा त्यसमा देखा पर्ने समास्याको समाधानका निम्ति सहयोग पुग्ने उक्त तालि प्रभवकारी बन्दै गएको सहभागिहरुले बताएका हुन् ।
व्यवसायिक तथा सिप विकास तालीम केन्द्र पर्वतको आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालन भएको उक्त तालिम १५ दिनसम्म सञ्चालन हुने बताईएको छ । फलेवास नगर स्तरीय कृषि संजालको पहलमा उपलब्ध तालिममा फलेवास नगरपालिका भित्र रहेको विभिन्न १० वटा वडामा रहेका किसानहरुलाई सहभागि गराईएकोसञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिनुभयो ।
तलिममा फलेवास नगरपालिका भित्रका २१ जना किसानहरु सहभागि भएका छन् । तालिमको सहकर्ता प्रशिक्षक विकास श्रेष्ठका अनुसार सहभागि किसानहरुले तालिमको प्रयोग गर्ने तरीका र त्यसको मर्मत सम्मार गर्ने विषयमा धेरै कुराहरु सिकिसकेको भन्दैे अवका दिनहरुमा पनी थप क्रियाकलापहरु सञ्चालन गरेर दक्ष बनाउन आफुले जतिसक्दो प्रयास गर्ने विश्वास व्यक्त गर्नुभयो । सहभागिहरुले प्रविधिक तथा सैद्धान्तिक रुपमा मिनिटेलर मर्मत गर्ने तालिमले आफुहरुको आवश्यकता पुर्ति हुनेमा विश्वास ब्यक्त गर्दै खुसिसाथ आफ्ना अनुभवहरु आदानप्रदान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!