एमाले पैंयूको अधिवेशन सम्पन्न, अध्यक्षमा काफ्‌ले - News site from Nepal
एमाले पैंयूको अधिवेशन सम्पन्न, अध्यक्षमा काफ्‌ले

पर्वत- नेकपा (एमाले) पैयु गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले विष्णुप्रसाद काफ्लेको अध्यक्षतामा सर्वसम्मत रुपमा पालिका कमिटि चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा जिवलाल बस्याल, सचिवमा विनय विक्रम राना, उपसचिवमा निर्भीक नारायण भुर्तेल र सिता न्यौपाने रहनुभएको छ । लेखा समितिको अध्यक्षमा कृष्ण प्रसाद शर्मा रहनुभएको छ भने भुगोल, आरक्षण तथा खुल्ला सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएका छन् ।

नेतृत्वका लागि शुरुमा दुई प्यानलनै बनाएर चुनाव लड्‌ने चर्चा चलेको भएपनि प्रदेश कमिटि उपसचिब मञ्जु अधिकारीको संयोजकत्वमा रहेको अध्यक्षीय मण्डलले सर्वसम्मत रुपमा कमिटि घोषणा गर्न सफल भएको थियो ।
कमिटिको शनिवार भएको उद्‌घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज पदम गिरी, गण्डकी प्रदेश कमिटिका उपसचिब मन्जु अधिकारी, प्रदेश कमिटि सदस्य मित्रलाल बस्याल, जिल्ला अध्यक्ष गोविन्द पहाडी लगायत प्रदेश तथा जिल्ला तहका नेताहरुले सम्वोधन गर्नुभएको छ । यो सँगै जिल्लाका ६ वटा पालिकामा एमालेले अधिवेशन सम्पन्न गरेको छ भने अब विहादी गाउँपालिका बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!