प्रधानमन्त्री ओलीसँग पोखरामा नियमित उडानको माग - News site from Nepal
प्रधानमन्त्री ओलीसँग पोखरामा नियमित उडानको माग

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओली समक्ष गण्डकी प्रदेश सरकारका उधाेग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालको नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, पर्यटन ब्यबसायी सस्था, निजि क्षेत्रका प्रतिनिधि व्यवसायीहरुले भेट गरि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल सहित प्रतिनिधि मण्डलले सो विषयमा प्रधानमन्त्री ज्यु समक्ष आग्रह गरेको हो । मन्त्रीज्युले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुु आवश्यक भएको आग्रह गर्दै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रूपमा घोषित गर्न माग गर्नुभयाे ।
भेटमा माननीय मन्त्री ज्युको लिखित ज्ञापन पत्र ग्रहण गर्दै सन २०२५ लाई नेपाल सरकारले नेपाल भ्रमण बर्षको रूपमा मनाउन लागेकोले आसन्न चीन भ्रमणको सन्दर्भमा यी विषयमा आफुले प्राथमिकताका साथ कुरा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। पोखरा र गण्डकी प्रदेश पर्यटनको अथाह सम्भावना भएकोले यसको बिकासका लागी आफू प्रतिबद्ध भएको र आफ्नो राजनीतिक जीवनकालमा पोखरा सगको छुट्टै सम्बन्ध भएको स्मरण गर्दै बिगतलाई सम्झनु भएको थियो ।

भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री पाण्डे, नेपाल बाबुसेवा निगमका महानिर्देशक , प्रदेश मन्त्रालयका सचिव कुुमानसिंह गुरुङ, पर्यटन तथा उद्योग कार्यलय कास्की प्रमुख दिनेश आचार्य ,उधाेग तथा पर्यटन मन्त्रीका स्वकिय सचिव जीवन बिक्रम उचै, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,महासचिव शोभा गौतम, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, महासचिव जिबनराज सापकोटा, निबर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठ, टान गण्डकी अध्यक्ष कृष्ण प्रसाद आचार्य, नेटा अध्यक्ष किशोर दाहाल ,टेशा अध्यक्ष प्रमोद भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघ पुर्ब अध्यक्ष बाबुराम गिरि लगायत विभिन्न पर्यटन ब्यबसायी संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!