पर्वत ६ असार ः जन्मेदेखि ५९ महिनासम्मका सतप्रतिशत बालबालिका खोपको पहुँचमा आएसँगै पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
सदरमुकाम कुश्माबजारमा आयोजित एक समारोहका बीच जिल्लालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्याल लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी र अन्य सरोकारवालाले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी जिल्लालाई पूणर् खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो ।
पर्वतमा रहेका ५९ महिनासम्मका पाँच हजार दुई सय ९६ बालबालिकाले पुर्ण मात्रामा खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई नै पुणर् खोप सुनश्चित भएको जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । यस अघि जिल्लाका सातवटै पालिकालाई पुणर् खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको थियो भने त्यो भन्दा पहिला जिल्लाका ६१ वटै वडालाई पुणर् खोप सुनिश्चित भएको वडाको रुपमा घोषणा गरिएको थियो ।
खोप सुनिश्चित तथा दिगोपना कायम गर्नका लागि आगामी दिनमा पनि अभिभावकहरु सचेत हुनुपर्नेमा जोड दिईएको छ । बालबालिकाको स्वास्थ्य अवस्थालाई मजबुत बनाउन र विभिन्न खालका संक्रमणवाट जोगाउनका लागि खोपको पुरै मात्रा लगाउनुपर्ने गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा. विनोद विन्दु पौडेलले बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्यालले स्वास्थ्य सेवा प्रभावकारी बनाउन नसक्दा ग्रामीण क्षेत्रमा बसाईसराईको दर बढिरहेको बताउँदै स्वास्थ्यकर्मीहरुले आफ्नो क्षमताले भ्याएसम्म सेवा प्रवाह गरे पनि सरकारले अझै स्वास्थ्य सेवालाई विस्तार गर्न नसकेको बताउनुभयो । ।
फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले स्वास्थ्य क्षेत्रको बजेट अझै धेरै बृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । सो अवसरमा पूणर् खोप सुनिश्चित घोषणा गर्न महत्वपुणर् भूमिका खेल्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।
जिल्ला खोप समन्वय समितिका संयोजक विष्णुराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको स्वागत स्वास्थ्य कार्यालय प्रमुख प्रविण शर्मा र संचालन नारायण रेग्मीले गर्नुभएको थियो ।






