पर्वत ७ चैत ः गाईभैसीलाई कुँडो पकाउन बालेको आगो फैलिएर पर्वतकोे कुश्मा नगरपालिका-३ दुर्लुङमा एक घर र दुई गोठ जलेर पुणर् रुपमा नष्ट भएको छ ।
आज बिहान भएको आगलागीमा परी स्थानीय पूणर्प्रसाद शर्मा र मनमाया बि.क. को घर र गोठ जलेर पुणर् रुपमा भौतिक क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार बिहान करिब ६ बजेको समयमा गोठमा चौपायालाई पानी तताइरहेको बेलामा सोही आगोबाट आगलागी सुरु भएको हो ।
आगलागीको सूचना पाएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबाट खटिएका सुरक्षाकर्मीहरू सहित स्थानीय बासीको पहलमा आगो नियन्त्रणमा आएको थियो । आगलागीमा परी दुई वटा गोठ, एउटा घरमा पूणर् क्षति भएको र अर्को एक घरमा आंशिक क्षति भएको डिएसपी भुसालले बताउनुभयो ।
पीडितहरूले कुखुराका माउ र चल्ला करिब ७० वटा, झन्डै रु. एक लाख मूल्यको मिल, रु.एक लाख मूल्य बराबरको खाद्यान्न, रु.दुई लाख बराबर पसलका सामान, रु.४५ हजार नगद लगायत गरी करिब रु.३० लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन् ।
घट्नामा भएको क्षतिको विवरण संकलनको काम चलिरहेकोले कतिको क्षति भएको हो भन्ने यकिन भई नसकेको जिल्ला प्रहरी कर्यालय पर्वतले जनाएको छ ।






