आजदेखि मालढुङ्गा-बेनी सडक दैनिक छ घण्टा बन्द हुँने - News site from Nepal
आजदेखि मालढुङ्गा-बेनी सडक दैनिक छ घण्टा बन्द हुँने

पर्वत – उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको मालढुंगा-बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ ।

सडक कालोपत्र र स्तरोन्नतिका लागि भोली आजदेखि ११ गतेसम्म दैनिक छ घण्टा बन्द गरिने भएको हो । सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गामा सडकको क्षेत्रा धिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गा देखि लस्ति सम्म कालोपत्र गर्न प्राइम कोट बिछ्याउन सवारी साधन बन्द गर्न लागिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधी, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधीको बैठकले यही मङ्सिर ४ देखि ८ दिनसम्म विहान १० देखि दिउँसो ४ बजेसम्म सवारी साधन आवत जावत रोकेर निर्माण कार्य गर्ने निणर्य गरेको जानकारी दिनुभयो ।

म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारी साधनको चापका कारण निर्माण कार्य गर्न प्रभावित भएकाले समयतालिका बनाइएको उहाँले बताउनुभयो । ‘सडक फराकिलो बनाउन किनारामा रहेको ठुलो ढुङ्गा फुटाउन, सबबेस र बेस राखेको मालढुङ्गा-लस्ति खण्डको चार किलोमिटर दुरीमा प्राइम कोट बिछ्याउन र कालोपत्र गर्ने तयारी भैरहेको चापागाईल्े बताउनुभयो ।

मालढुङ्गा-बेनी सडक अवरुद्ध हुँदा मालढुङ्गा-बागलुङ-बेनी बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईले बताउनुभयो । अन्य सवारीका लागि सडक अवरुद्ध हुने भएपनि अत्यावश्यक ठानिएका एम्बुलेन्स, दमकल र शववहान सञ्चालनमा भने सहजिकरण गरिने आयोजनाले जनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत मात्र रहेको छ ।

१३ किलोमिटर दुरीको बेनी-मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्न बेनी-जोमसोम-कोरला सडक आयोजना र एपेक्स-खड्का-कृष्ण जेभीबीच वि.स. २०७७ चैतमा रु.५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भएपनि निर्माण व्यावसायिले विभिन्न कारण देखाउँदै ढिलाई गरेको हो ।

यो सडक चालु आर्थिक वर्षभित्र पुणर् रुपमा सम्पन्न गर्नेगरी काम गर्न निर्माण व्यावसायिलाई आयोजनाले निर्देशन समेत दिएको छ ।

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा-बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!