लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतमा १९० वटा कुकुरको बध्याकरण गरियो - News site from Nepal
पर्वतमा १९० वटा कुकुरको बध्याकरण गरियो

पर्वत – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ गाउँपालिकाको हुवास बजारमा र फागुन ७ गते कुश्मामा बन्ध्याकरण कार्यक्रम सम्पन्न भएको छ ।

कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र बरिष्ट पुश चिकित्सक डा. अर्जुन अर्यालको नेतृत्वमा डा. सुदिप श्रेष्ठ, डा. नविन रेग्मी लगायत केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोगमा कुकुरहरुको बन्ध्याकरण शिविर र निशुल्क रेबिज विरुद्धको खोप कार्यक्रमा फागुन ६ गते पैयुँ गाउँपालिकामा सामुदायिक कुकुर ४६ ओटा र घरपालुवा कुकुर ३९ ओटा गरि जम्मा ८५ ओटा कुकुरहरुको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए ।

त्यसै गरि फागुन ७ गते कुश्मा भएको शिविरमा सामुदायिक २६ र घरपालुवा ७८ गरि जम्मा १०४ कुकुरहरुको बन्ध्याकरण गरिएको पनि सुवेदीले बताए । शिविरमा कुल १८९ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो ।

फागुन ७ गते कुश्मामा भएको शिविरको उद्घाटन जिल्ला समन्वय समिति पर्वतका समन्वय प्रमुख विष्णुराम विकको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रमको अध्यक्षता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी प्रसाद पौडेलले गर्नु गरेका थिए । शिविरमा विशिष्ट अतिथिको रुपमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. टंक प्रसाद प्रसाई, बरिष्ट पशु चिकित्सक डा. अर्जुन अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश शर्मा पौडेल, जिल्ला समन्वय अधिकारी कमल पुन, कृषि ज्ञान केन्द् पर्वतका प्रमुख परशुराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर तथा रेविज रोग विरुद्धको खोपको महत्व बारे बोल्दै केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौंका बरिष्ठ पशु चिकित्सक डा। अर्जुन अर्यालले रेबिज रोगको प्रकोप न्यूनीकरण गर्न, कुकुरका कारण हुने सडक दुर्घटनामा कमी ल्याउन साथै सडकमा कुकुरहरुको आक्रमणको सास्तीबाट बच्न यस शिविरले सहयोग पुर्याउने बताउनु भयो ।

पैयुँ र कुश्मा गरि गरिएको २ दिने शिविरमा जम्मा १५० ओटा कुकुरहरु बन्ध्याकरण गर्ने लक्ष्य राखिएता पनि कार्यालयको लक्ष्य भन्दा बढि १८९ ओटा कुकुरहरुको बन्ध्याकरण गर्न सकिएको भेटेरिनरी अस्पताल, पर्वतका प्रमुख रामजी प्रसाद पौडेलले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!