नेष्डो नेपालद्धारा पर्वत अस्पतालका बिरामीलाई फलफुल र कारागारमा सामाग्री वितरण - News site from Nepal

पर्वत – ७४औं प्रजातन्त्र दिवसको अवसरमा पर्वत जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
दिवसको अवसरमा नेष्डो नेपालको आयोजनामा पर्वत जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । फलफुल वितरणको अवसरमा पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले पर्वत अस्पताल पछिल्लो समय आम नागरिकको स्वास्थ्य उपचारको आशाको केन्द्र बन्दै गएको बताउनुभयो । अस्पतालवाट चौविसै घण्टा गुणस्तरीय स्वास्थ्य सुविधा प्रवाह भैरहेको बताउँदै गिरीले नेष्डो नेपाल, रोटरी, इनरह्वील तथा रोट्याक्ट लगायतका संस्थाहरुले अस्पताललाई नियमित रुपमा सहयोग गर्दै आएको वताउनुभयो । उहाँले अस्पतालको सेवाको गुणस्तर अभिवृद्धिमा आँफू लागि गरेको भन्दै दैनिक २ सय भन्दा वढि विरामीले वहिरङ्ग सेवा लिने गरेको वताउदै सेवालाइ प्रभावकारी वनाउन सामाजिक संघसंस्थाहरुसग सहकार्य जरुरी रहेको वताउनु भएको छ ।
यसैगरी नेष्डो नेपाल, रोटरी क्लव अफ पर्वत लगायतका सामाजिक संघसंस्थाद्वारा जिल्ला कारागार शाखाका कैदी वन्दीलाई विभिन्न सामाग्री प्रदान गरिएको छ । यसरी प्रदान गरिएका सामाग्रीहरुमा एक थान टेलिभिजन, १ थान वाटर डिस्पेन्सर, २ थान भलिवल, १ थान नेट, २ थान तौल नाप्ने मेशिन, १ थान पँखा र २ थान व्याडमिन्टन सेट लगायतका सामाग्रीहरु रहेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले कारागारका कैदी वन्दीहरुलाई प्रजातन्त्र दिवसको अनुभुती दिलाउन नेष्डो नेपाल लगायतका सामाजिक संघसंस्थाहरुले टेलिभिजन सहित खेलकुद सामाग्री प्रदान गरेकोमा खुशी व्यक्त गर्दै यसवाट कैदी वन्दीहरुमा प्रजातन्त्र दिवसको अनुभती हुने वताउनुभयो ।
नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले देशमा विद्यमान उपलव्धी प्रजातन्त्रको देन भएको भन्दै कैदी वन्दीहरुको मानव अधिकारको सम्मानको लागि सामाग्री प्रदान गरिएको वताउनुभयो ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्यका अध्यक्ष गोपी अधिकारी, लोकतान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष शिव शर्मा पौडेल, जिल्ला कारागार शाखाका सुचना अधिकारी निर्मल पौडेल लगायतले प्रजातन्त्र दिवसको वारेमा मन्तव्य राख्नु भएको थियो ।
नेष्डो नेपालको आयोजना, रोटरी क्लव अफ पर्वत, इनरह्वील क्लव अफ पर्वत, रोट्याक्ट क्लव अफ पर्वत, रोट्याक्ट क्लव अफ पर्वत पोखरा तथा समृद्ध समूहमा आवद्ध विभिन्न संघसंस्थाको सहकार्यमा सम्पन्न दुवै कार्यक्रम नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको अध्यक्षता, रोटरी क्लव अफ पर्वतका अध्यक्ष योगराज गिरीको स्वागत एवम् रेडियो समृद्ध नेपाल ९२ मेगाहर्जका स्टेशन म्यानेजर उत्तम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको समृद्ध सहकर्मी इश्वरी प्रसाद शर्माले प्रेषित गरेको समाचारमा जनाइएको छ ।
७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला मुल समारोह समितिको आयोजनामा लोकतान्त्रिक चोकमा रहेको शहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी कुश्मा नगरपालिकाले विहानै देखी नगरवासीको निशुल्क सुगर तथा प्रेसर परिक्षण गरेको थियो । जिल्लाका फलेवास नगरपालिका, जलजला, मोदी, विहादी, पयुँ र महाशिला गाँउपालिकामा पनि दिपप्रज्वन गरी प्रजातन्त्र दिवस मनाएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!