यस्ता छन् पर्वतको पैंयुँ गाउँपालिकाका अध्यक्ष ठकुरीका दुई वर्षे उपलब्धि - News site from Nepal
पर्वत- संघीयता कार्यान्वयन भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको दुई वर्ष पुगेको छ ।
२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तहलाई पाँचवर्ष भित्रमा विकास समृद्धिको उचाईमा पुर्‍याउने बाचा सहित निर्वाचन जितेर आएका जनप्रतिनिधिहरुले पालिकाको विकास निर्माणका लागि घोषणा पत्रमा लेखिएका धेरै कामहरु गरेको दावी गरेका छन् ।
पर्वतको पैंयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले विगत २ बर्षमा साना, ठुला गरी धेरै उपलब्धि हासिल गरेको दावी गर्नुभएको छ । पालिकाको आर्थिक, सामाजिक, शैक्षिक तथा समग्र पूर्वाधारको विकास मार्फत समृद्ध पैयूँ निर्माणको अभियानमा सक्रिय रहेको उहाँको भनाई छ । गाउँपालिका भित्रका सडकहरु स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण एवम् सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै प्रविधिमैत्री शिक्षाका पूर्वाधारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । पालिकाभित्रको स्वास्थ्य अवस्थालाई मजबुत बनाउका लागि स्वास्थ्य संस्थाहरुको सबलीकरण, स्तरोन्नति, जनशक्तिको समुचित व्यस्थापन संगै सहज र सर्वसुलभ आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको उहाँल्े बताउनुभयो । हरेक वडा कार्यालयमा इन्टरनेट सेवासँगै प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिईएको अध्यक्ष ठकुरीले दावी गर्नुभयो ।
अध्यक्ष ठकुरीले आफु निर्वाचित भएपछि हासिल भएका उपलब्धि सार्वजनिक गर्नुभएको छ । उहाँका अनुसार उद्यम विकासको क्षेत्रमा उद्यमशिलता विकास तालिम, डल कुशन तालिम सञ्चालन तथा उक्त तालिमको लागि प्रविधि हस्तान्तरण, ब्यूटीपार्लर तालिम सञ्चालन गरिएको बताउनुभयो ।
त्यसैगरी बेरोजगार युवाहरुलाई सिपमुलक तालिम दिने उद्धेश्यले प्लम्विङ तालिम सञ्चालन गरी उक्त तालिमलाई व्यवसायीक रुपमा सञ्चालन गर्नको लागि पिपिआर सेट मेशिन हस्तान्तरण, अचार बनाउने तालिम, वुटिक तालिम, नयाँ लघु उद्यमी सृजनाका लागि अभिमुखिकरण, उद्यमशिलता विकास तालिम, स्यानिटरी प्याड र बाँसको मुडा तथा अन्य सामाग्री बनाउने तालिम सञ्चालन तथा आवशयक यन्त्र उपकरण हस्तान्तरण गरिएको उल्लेख गर्नुभएको छ ।
पालिकको पुर्वाधार तर्फ प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गरेको, वडा नं. ४ मा निर्माणाधिन दश बेड क्षमताको अस्पताल निर्माण कार्य जारी रहेको, वडा नं ३ र ६ को कार्यालय निर्माण, वडा नं. ५चिसापानी स्वास्थ्य इकाई निर्माण गरिएको अध्यक्ष ठकुरीले उल्लेख गर्नुभएको छ । पालिकाले फोहोरमैला व्यवस्थापन परियोजना अन्तर्गत संकलन केन्द्र निर्माण गरि सञ्चालनमा ल्याईसकेको छ । त्यसैगरी ज्यामिरे-गैरा-रातो-छहरा- सेतिबेनी सडक निर्माणाधिन अवस्थामा रहेको, हातेमालो चौकदेखिा प्रशासकीय भवन जाने सडक निर्माण कार्य भैरहेको, हुवास बजार क्षेत्रमा ढल व्यवस्थापन,  वडा नं २, ४ र ६ को ढल व्यवस्थापन कार्य भैरहेको उहाँले बताउनुभयो । त्यसैगरी वडा नं. ५ को वडा कार्यालयमा तला थपको निर्माण कार्य भैरहेको, भोर्ले ग्यामीमा सडकबोर्डको साझेदारीमा सड़क स्तरोन्नतीको कार्य निर्माणाधिन रुपमा रहेकोको उहाँले बताउनुभाये । गत आर्थिक वर्षमा पनि चिसापानी देउराली छहरे सडक निर्माण गरिएको, हवास बजार क्षेत्र ढल व्यवस्थापन निर्माण सम्पन्न गरी संचालनमा ल्याएको, सरौखोला साधने सित्ले सडक निर्माण सम्पन्न भई संचालनमा आएको र पैयूँ ७ हिले क्षत्री डॉडा बोरिङ्ग खानेपानी आयोजना निर्माण भएको र सिंचाई तथा बाध निर्माण तर्फ १ हजार ८ सय १२ मिटर निर्माण गरिएको बताउनुभएको छ ।
पालिकाले शिक्षाको क्षेत्रमा  आन्तरिक रुपमा दरबन्दी मिलान, कक्षा १ देखी ५ सम्म अनिवार्य अंग्रेजी मिडियममा पठनपाठन, कक्षा ६ देखी १० सम्म ऐक्षिक रुपमा नेपाली र अंग्रेजी मिडियममा पठनपाठन सञ्चालने, सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय र सुचना प्रविधि प्रयोगशालाको व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागी पालिकाको आफ्नै पहलमा नमुना विद्यालय छनौट, स्थानीय पाठ्यक्रम निर्माण गरी कक्षा १ देखी ८ सम्मकको स्थानीय पाठ्यपुस्तक लेखन कार्य भैरहेको शिक्षाको उपलव्धीमा उल्लेख गर्नुभएको छ । यस्तै विद्यालयको भौतिक निर्माणतर्फ २ वटा ४ कोठे कक्षाकोठा निर्माण र एकवटा २ कोठे कक्षाकोठाको भवन निर्माण गरिएको, . विद्यालय तहमा सञ्चालन हुने अर्धवार्षिक परिक्षा लाई पालिका स्तरबाट व्यवास्थापन साथै कक्षा ८ को वार्षिक परिक्षा केन्द्र निर्धारण गरि सोको सम्पूणर् व्यवस्थापन, बालविकास केन्द्रहरुको व्यवस्थापन क्रमिक रुपमा अघि बढिरहेको, शैक्षिक कार्यक्रममा एकरुपता ल्याउन पालिकास्तरीय शैक्षिक क्यालेन्डर निर्माण गरिएको उहाँको शिक्षाका उपलव्धी हुन् ।
यसैगरी स्वास्थ्यतर्फ हुवास स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १० शैयाको आधारभूत अस्पतालको रुपमा संचालन, हवास स्वास्थ्य चौकीमा मेडिकल अधिकृत र रेडियोग्राफर नियुक्ती, हुवास स्वास्थ्य चौकीमा डिजिटल एक्सरे सेवा संचालन गरिएको छ । दुई वर्षमा १३ सय भन्दा बढिले सेवा लिएको उहाँले बताउनुभयो । विशेषज्ञ सहितको स्वास्थ्य शिविर संचालन गरि तीन हजार चार सय जनालाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।  त्यसैगरी मोतिविन्दुको शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गरि १ हजार ७३ जनालाई सेवा प्रदान गरिएको, गत  वर्ष पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्कृनिङ शिविर संचालन गरी २ सय १४ जनालाई सेवा प्रदान गरिएको र यस वर्ष १७३ जनालाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।
अध्यक्ष ठकुरीले कृषि क्षेत्रमा पनि विभन्न उपलव्धी हासिल गरेको बताउनुभयो । मौरीको घार खरिद कार्यक्रम मार्फत १९५ लाभग्राहीहरु छनौट गरी मौरी घार खरिद सम्झौता, बाँदर लगायत अन्य बन्यजन्तुबाट कृषकले लगाएको अन्नबाली संरक्षण गर्न वडा स्तरमै सक्रिय कृषकहरु नै परिचालन गररे बन्यजन्तु हेरालु कार्यक्रम संचालन, साना सिचाई कार्यक्रम अन्तर्गत ८ वटा संस्था छनौट, चिस्यान केन्द्रमा ३ फेजको लाईन जडान, एक विधालय एक करेसाबारी कार्यक्रम संचालन, धान बाली पकेट विकास कार्यक्रमको निरन्तरता अन्तर्गत साना सिचाई निर्माण तथा मर्मत कार्यक्रममा ८ वटा संस्था छनौट, किसान सुचिकरण कार्यक्रम अन्तर्गत सहजकर्ता छनोट भइ कार्यक्रम संचालन जस्ता उपलव्धी उल्लेख गर्नुभएको छ ।
पालिकाले कृषितर्फ १ हजार ९ सय ८९ किसानको सुचिकरण गरेको छ भने, धान बाली पकेट विकास कार्यक्रमको निरन्तरता अन्तर्गत एक हजार तीन सय ३४ जना कृषकलाई खुमल ४ जातको धानको बीउ वितरण गरेको जनाएको छ । पचास प्रतिशत साझेदारीमा कृषि यान्त्रिकरण वितरण कार्यक्रम अन्तर्गत मिनि टेलर र कुटानी पिसानी मिल वितरण, टनेल वितरण, फलफूल बेर्ना वितरण, नमुना कृषि कागती खेती कार्यक्रम गरेको छ ।
पालिकाले पशुपालनको क्षेत्रमा छाडा तथा घरपालुवा गरी जम्मा ८६ कुकुरहरुको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाईएको, गाउँपालिकामा भेटेरिनरी डाक्टर सहितको सेवा उपलब्ध, पशुहरुमा पूणर् खोप सेवा, वडागत रुपमा पशुपंक्षी शिविर संचालन, कृत्रिम गर्भाधान सेवा संचालन,  गाउँपालिकामा आधारभुत प्रयोगशाला सञ्चालन, भैसी पालक कृषकलाई प्रोत्साहन कार्यक्रम, राँगा पालक कृषकलाई प्रोत्साहन गर्न प्रति राँगा रु २० हजार दरले २० जना किसानलाई वितरण,  कृषकको पशुपंक्षी तथा चौपाय क्षति भएमा राहतस्वरुप रकम उपलब्ध गराउने कार्य गरिरहेको उहाँको भनाई छ ।
पालिकाको रोजगार सेवा केन्द्र मार्फत हालसम्म ८ सय जना सुचिकृत गरिएको र ती मध्ये १ सय १३ जनाले रोजगारीको अवसर समेत पाएका छन् ।
त्यसैगरी महिला बालबालिकाको क्षेत्रमा  अपाङ्गता परिचय वितरणको शिविर प्रत्येक वडामा सञ्चालन, ४२ वटा विभिन्न प्रकारका अशक्त भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण,  प्रत्येक वडा बाट दलित एकल र अन्य गरी समावेशिताका आधारमा ३५ जना महिला, जनजाति, दिदिबहिनिहरुलाई उद्घोषण तथा कानूनी सचेतना तालिम प्रदान, पैयूँ गाउँपालिका भित्र रहेका ५ वटा महिला सहकारीका १५ जना महिलाहरुलाई सुचना प्रविधि तथा क्षमता विकास तालिम, अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक अवस्था कमजोर रहेको र उनिहरुलाई सहायता सामायी आवश्यक रहेका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण समेत गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको सार्वजनिक सेवा प्रावाह, विकासात्मक, आकस्मिक, नियमित कार्यक्रम, प्रवद्र्धनात्मक कार्यक्रम तथा अन्य आधारभूत कार्यलाई चुस्त र समयानुकल बनाउदै प्रविधिमैत्री सेवा मार्फत जनताका परिवर्तनका आकांक्षा सम्वोधन गर्ने, लामो समय सम्मको स्थानीय सरकारको अभाव परिपूर्ति गर्दै आएको छ ।
पालिका भित्रको सिमीत  श्रोत र साधनका बीच नागरिकको जनचाहना पुरा गर्नका लागि निरन्तर सक्रिय रहेको उहाँले बताउनुभयो । आफ्नो कार्यकाल अझै तीन वर्ष बाँकी रहेकोले पालिकाको समृद्धि र विकासका लागि संघ, प्रदेशसँग पनि समन्वय प्राथमिकताका आधरामा चौतर्फि विकास गर्दै जाने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!