पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा रहेको काफलचौर माविका विद्यार्थीलाई शैक्षिक सामाग्र वितरण गरिएको छ ।
सोहि विद्यालयमा कार्यरत शिक्षक भोलानाथ शर्माले कक्षा १ देखि ११ सम्मका विद्यार्थीलाई कापी, कलम, पेन्सिल जस्ता सामाग्री वितरण गर्नुभएको हो । विद्यालयमा आयोजित शुक्रवारिय कार्यक्रम अन्तर्गत रु. २० हजार मुल्य बराबरका शैक्षिक सामाग्री विद्यार्थीहरुलाई सहयोग गरेको शिक्षक शर्माले बताउनुभयो ।
विद्यालयमा शुक्रवार हाजिरजवाफ प्रतियोगिता भएको थियो । सोहि अवसरमा विद्यार्थीहरुको हौसला र मनोवल उच्च राख्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको संचालन शिक्षक गोपाल सुवेदीले गर्नुभएको थियो ।
शिक्षक शर्माले लामो समयदेखि विभिन्न हस्तलेखन गर्दै आउनुभएको छ । उहाँले लेखेका सन्देशमुलक सामाग्रीहरु पर्वतका अधिकांस विद्यालय, सरकारी कार्यालय र संघसंस्थामा देख्न सकिन्छ । विशेषगरी विद्यार्थी, अभिभावका र युवा पुस्ताका लागि अति उपयोगी हुने ज्ञानवद्र्धक सामाग्रीहरु हस्तलेखन नै गरेर वितरण गर्दै आउनुभएको छ ।






