पर्वत- नेकपा एमाले पर्वतका उपाध्यक्ष तथा मोदी गाउँपालिकाका पनि उपाध्यक्ष विमल लामिछानेलाई पितृशोक परेको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहार निवासी लामिछानेका पिता ७० वर्षिय कृष्णबहादुर लामिछानेको शनिवार विहान निधन भएको हो । मृगौला सम्वन्धि रोगले लामो समयदेखि पिडित बन्नुभएका लामिछाने अस्पतालवाट फर्केर केहिदिनदेखि घरमै आराम गरिरहनुभएको थियो ।
शनिवार विहान निधन भएको परिवारले जनाएको छ । उहाँको आजै दिउँसो एक बजेपछि डिमुवा स्थित मोदीखोलामा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ । उहाँको अन्तिम संस्कारमा नेकपा एमालेका विभिन्न नेताहरु पनि सहभागि हुनुहुने भएको छ ।
लामिछानेका विमल सहित दुई छोरा र एक छोरी हुनुहुन्छ ।






