पर्वत- पर्वतको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालय अन्तर्गत कार्यरत केदारनाथ शर्माको पदस्थापन भएको छ ।
विगत १४ महिनादेखि कार्यरत प्रेमप्रसाद आचार्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएपछि शर्मालाई पर्वतमा सरुवा गरिएको हो ।
शुक्रबार उपप्रधानमन्त्री एवं गृह मन्त्रिस्तरको निणर्य अनुसार पदस्थापन र सरुवा गरिएको हो । यस्तै बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पदस्थापन गरिएको छ ।
यस अघि कार्यरत आचार्यलाई शुक्रवार पर्वतका विभिन्न संघ संस्थाले कार्यक्रम गरी बिदाई गरेका थिए ।






