पर्वत काँग्रेसको महासमिति चयनको निर्णय मान्यता नदिन केन्द्रीय समितिमा उजुरी - News site from Nepal

पर्वत- नेपाली काँग्रेस पर्वतको जिल्ला अधिवेशन सम्पन्न भएको २६ महिनापछि बिहीवार महासमिति सदस्य टुंगो लगाईयो । तर मनोमानी ढंगले महासमिति सदस्य चयन गरिएको भन्दै महाधिवेशन प्रतिनिधिहरुले केन्द्रीय समितिमा उजुरी दिएका छन् ।
महासमिती सदस्य चयन गर्न गठित कार्यदलले गरेको निणर्य उपर कांग्रेस नेताहरूले असन्तुष्टि व्यक्त गरेका हुन । महाधिवेशन प्रतिनिधीहरु मध्ये ६ जनाले लिखित रुपमा असहमति जाहेर गरेका छन् ।
महाधिवेशन प्रतिनिधीहरु रामचन्द्र जोशी, सिता काफ्ले, मिना केसी, मोहन गुरुङ, मीना कर्माचार्य र जीतबहादुर नेपालीले केन्द्रीय समितिमा उजुरी दिँदै उक्त निणर्य कार्यान्वयन नगर्न दबाब दिएका छन् ।
१४ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर विजयी मेन अफ द इलेक्सन भएका नेताहरु महासमिति सदस्यमा नसमेटिए पछि नेपाली कांग्रेस पर्वतमा असन्तुष्टि देखिएको थियो ।
महासमिती सदस्य चयनका लागि गठित कार्यदलका संयोजक खिमप्रसाद भुसाल नेतृत्वको कार्यदले महासमिति सदस्यमा संयोजक खिमप्रसाद भुसाल आफै, नवराज गुरुङ, ऋषिकेश तिवारी, बसन्तवहादुर सि.के, राजेन्द्रप्रसाद तिवारी, खगेन्द्रप्रसाद तिवारी, राधाकुमारी कुवँर क्षेत्री, खगीसरा परियार, मुना भुषाल र रेखा गुरुङ चयन गरेको थियो ।
जिल्ला अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधीहरुबाट कांग्रेसले महासमिति सदस्य चयन गर्नुपर्छ । निर्वाचनद्वारा चयन गर्नुपर्ने महासमिति सदस्य चयनका लागि कांग्रेसले सर्वसम्मत बिधि अबलम्बन गरेको हो । सर्वसहमतिले चयन गर्दा कुनै पनि औपचारिक बिधि अबलम्बन नगरिएको र आफू निकट नेताहरुलाई मात्र सदस्य गरिएको भन्दै नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!