जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत जिल्लाकै उत्कृष्ट - News site from Nepal

पर्वत- जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत जिल्लाकै उत्कृष्ट बनेको छ ।

गण्डकी प्रदेश अन्तर्गतका पर्वत जिल्लामा रहेका कार्यालयहरु मध्ये यो कार्यालय गत आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा जिल्लामै नमुना बनेको हो । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा पर्वत जिल्लाबाट नमुना कार्यालयका रूपमा छनौट भई पुरस्कृत भएको कार्यालयका अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नमुना कार्यालयको रुपमा रु. ३० हजार नगद र प्रमाणपत्र पाउने भएको छ ।

त्यसैगरी सोहि कार्यालयका निमित्त कार्यालय प्रमुख विष्णुहरी अधिकारी उत्कृष्ट प्रदेश निजामती पुरस्कारबाट समेत सम्मानित हुनुभएको छ । उहाँले नगद रु. ७५ हजार पुरस्कार सहित सम्मान पत्रले सम्मानित हुनुभएको हो ।

गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा नमुना कार्यालय र उत्कृष्ट कर्मचारीको रुपमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र सोहि कार्यालयका निमित्त प्रमुख अधिकारीलाई छनौट हुनु खुसिको कुरा भएको अधिकृत पौडेलले जानकारी दिनुभयो ।

उक्त कार्यालयले चालु आर्थिक वर्षको माघ मसान्त सम्म ३३ प्रतिशत भौतिक प्रगति र २१ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । यस कार्यालयले सिंचाईका योजनाहरु सँगै नदि तथा पहिरो नियन्त्रण, मर्मत सम्भार, निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम, कुलो तथा बस्ती संरक्षण, तारजाली तथा पाईप वितरण जस्ता कार्य गर्दै आएको छ ।

उक्त कार्यालय मार्फत चालु आर्थिक बर्षमा कुल १ सय १६ वटा आयोजनाहरु निर्माणको चरणमा रहेका छन् । जसमध्ये अहिले ३३ वटा आयोजनाहरु निर्माण भईरहेका छन् भने १५ वटा आयोजनाहरु सम्पन्न भईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!