नवजागृत माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड - News site from Nepal
नवजागृत माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

पर्वत : जिल्लाको मोदी गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड नवजागृत माध्यमिक विद्यालयले जितेको छ।

गाउँपालिकाका विभिन्न १५ वटा विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा नवजागृतले लगातार तेस्रो वर्ष शिल्ड आफ्नो पोल्टामा पारेको हो। नवजागृतले १२ स्वर्ण, सात रजत र चार कांस्य गरी १३ वटा पदक जितेको छ। यससँगै यो विद्यालयले पुरस्कार स्वरूप नगद एक लाख रुपैयाँ सहित र शिल्ड पनि आफ्नो बनाएको छ।

दोस्रो स्थानमा आएको नवज्योति थम माध्यमिक विद्यालयले आठ स्वर्ण, तीन रजत र चार कांस्य गरी १५ पदक जितेको छ भने तेस्रो स्थानमा आएको सरस्वती माध्यमिक विद्यालयले तीन स्वर्ण, नौ रजत र तीन कांस्य गरी १५ वटा पदक जितेको छ।

प्रतिस्पर्धामा भुक देउराली माविले तीन स्वर्ण, तीन रजत र दुई कांस्य, हिमालय माविले तीन कांस्य, शालिजा माविले एक रजत र एक कांस्य, महेन्द्र शिखरी माविले एक कांस्य, पशुपति माविले तीन स्वर्ण, छ रजत र आठ कांस्य, जनशिद्ध माविले एक स्वर्ण र दुई कांस्य, देउपुर नमुना माविले एक कांस्य तथा बाजुङ आधारभूत विद्यालयले एक रजत र एक कांस्य पदक जितेका छन्।

प्रतियोगितामा मार्सल आर्ट तर्फका तेक्वान्दो र कराँतेका खेलहरू खेलाइए पनि चारभन्दा कम विद्यालय सहभागी भएकाले पदकमा भने समावेश गरिएको थिएन। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लागि भनेर गाउँपालिकाले सम्पूर्ण विद्यालयहरूमा चार दिन सट्टा बिदाको व्यवस्था गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!