जैमिनि प्राथमिक विद्यालयको ५० औँ स्थापना दिवस विविध कार्यक्रमका विच सम्पन्न - News site from Nepal

रामचन्द्र भुसाल
फलेवास पर्वत – बागलुङको जैमिनि नगरपालिका १ टुनिबोटमा रहेको जैमिनि प्रथमिक विद्यालयले आफ्नो ५० आँै स्थापना दिवस विविध कार्यक्र संगै मनाएको छ ।
बुधबार बसन्त पञ्चमि अर्थात सरस्वति पूजाको दिन विद्यालयले सरस्वतिको पूजाआरधाना, लक्ष्यवर्ति दिप प्रज्वलन, रुद्राभिषेक तथा अग्रज सम्मान जस्ता विविध कार्यक्रम गरी दिवस मनाईएको हो ।
कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, ९६ वर्षिय जेष्ठ अभिभावक ईन्द्र बहादु पौडेलक्षेत्री, सरकारी सेवाबाट निवृत्त भएका उक्त विद्यालयका पुर्व विद्यार्थी, उत्कृष्ट अभिभावक, उक्त विद्यालयबाट अवकास प्राप्त गर्नुभएका शिक्षकहरुलाई सम्मानपत्र संगै दोसल्ला ओढाएर सम्मना गरीएको थियो । कार्यक्रममा स्थानियहरुले माता सरस्वतिको नाममा भजन तथा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जैमिनि नगरपालिकाका शिक्षा अधिकृत खेम प्रसाद आचार्यले अहिलेको युगमा प्राविधिक,व्यवसायिक तथा शिपमुलक शिक्षाको आवश्यकता रहेको बताउँदै विधार्थीहरुलाई प्रत्येक विद्यालयका शिक्षकहरुले प्रविधिको प्रयोग गरी प्रयोगात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । शिक्षा ज्ञानको ज्योति भएको स्मरण गराउँदै आचार्यले सम्पुर्ण व्यक्तिहरु शिक्षित भएको ठाउँमा मात्र विकासका मुलहरु फुट्न सम्भव हुने बताउनुभयो । व्यक्तिहरु शिक्षत भएको परीवार मात्रै सुखि र खुसि परीवार रहेको बताउँदै उहाँले स्वास्थ तथा विकसित समाजको निम्ति शिक्षा अपरीहार्य रहेको ठहर गर्नुभयो । शिक्षालेनै मानिसमा सकरात्मक सोचको विकास गर्ने सक्ति प्रदान गर्ने भएकोले मानिसलाई जीवनपर्यन्त सिकाईको आवश्यक पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पुर्व विद्यार्थी तथा नेपाल सरकारका पूर्व रक्षा सचिव देवेन्द्र राज पौडेलले आफुले पढेको विद्यालयमा आएर बोल्ने पाउने र आफुँ सम्मननित हुने अवसर प्राप्त गरेकोमा खुसि व्यक्त गर्दै विद्यालय परीवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । आफुले गाउँकै सामुदायिक विद्यालयमा पढेर पनि नेपालको उच्च ओहोदाको जागिर खान सफल भएको कुरा बताँउदै उहाँले नेपालका समुदायिक विद्यालयमा राम्रो पढाई हुने कुरामा विश्वास दिलाउनुभयो । आफुले मिहेनत नगरी कुनै पनि सफलता प्राप्त गर्न नसकिने भन्दै पौडेलले निरन्तरको अभ्यास र लगावले मानिसलाई लक्ष्यमा पु¥याउने दृढ संकल्प प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर १ जैमिनिका वडाध्यक्ष विष्णु प्रसाद आचार्यले आफ्नो वडाले समुदायिक विद्यालयलाई प्रविधिक सहयोग स्वरुप एक एक थान ल्यापटप प्रदान गरीएको बताउँदै उक्त लयपटपहरुलाई आवश्यकता अनुसार विद्यालयले प्रयोग गर्ने कुरामा विश्वास व्यक्त गर्नुभयो । शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउनको निम्ति नगरपालिकाले स्थानिय पाठ्यक्रम निमार्ण गरी शिक्षण गर्ने पारिपाटि मिलाईएको कुरा समेत उहाँले अवगत गराउँदै उहाँले आवश्यक परेको ठाउँमा स्थानिय सकाकार जनताको सेवामा सम्बद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस जैमिनिका नगर सभापती हरी प्रसाद शर्मा, रास्वपाका सभापति राजेन्द्र शापकोटा, शान्ति माध्यमिक विद्यालयका शिक्षक डिल्लि प्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्ने प्रायजसो वक्ताहरुले वसाँईसराई दर उच्च हुँदै जाँदा गाउँवस्ति रित्तिने र विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यलयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समतिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, नगर शिक्षा अधिकृत मिरा देवी शर्मा, विभिन्न विद्यालयका प्रधानाध्यपक तथा शिक्षक, स्थानिय वुद्धिजीवि, समाजसेवी, पुर्व विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, पुर्व शिक्षक तथा पत्रकार रामचन्द्र भुसाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऋषिराम पौडेलले विद्यालयको ऐतिहाँसिक तथा वार्षिक प्रगति प्रतिवेदन पस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक ऋषिराम पौडेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!