मोदीखोलामाथि पराधि-गाडतारा मोटरेवल पुल निर्माण गर्न माग - News site from Nepal
मोदीखोलामाथि पराधि-गाडतारा मोटरेवल पुल निर्माण गर्न माग

पर्वत, ३ फागुन ः पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका बासिन्दाले मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकमा पर्ने मोदीखोलामा मोटरेवल पुल निर्माण गर्न माग गरेका छन् ।

मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने परादी-गाडतारा-गिज्यान देखि कास्कीको भदौरे हुँदै पोखरा जोड्ने सडकमार्गमा पर्ने मोदीखोलामा मोटरेवल पुल निर्माणको माग गरेका हुन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ परादी र मोदी गाउँपालिका वडा नं. ६ गाडतारा जोड्ने मोटरेवल पुलको माग गरिएको हो ।

परादी-गाडतारा-गिज्यान-ठाना-तिलाहार हुँदै कास्कीको सल्यान-भदौरे-पोखरा सडकको ट्राक खुलेको लामो समय भएपनि मोदीखोलामा पुल निर्माण हुन नसक्दा सडकको उचित प्रयोग हुन सकेको छैन । पुल निर्माण भएमा यो सडकलाई मध्यपहाडी लोकमार्गको विकल्पमा प्रयोग गर्न सकिने र यात्रा अवधि समेत छोटिने मोदी गाउँपालिका वडा नं. ६ तिलाहारका वडा अध्यक्ष दिपेन्द्रजंग लामिछानेले जानकारी दिनुयो । यो खबर बुधवारको धौलागिरि सञ्चारसाप्ताहिकमा पनि छ

स्थानीयवासीले गण्डकी प्रदेश सरकारसँग पुल निर्माणका लागि बजेट माग गरेका हुन् । गत सोमवार पर्वत आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई निर्माण स्थलमै लगेर पुलको योजना हन्तान्तरण गरिएको हो । कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका जनप्रतिनिधिले संयुक्त रुपमा योजना हस्तान्तरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा योजना समावेश गर्न माग गरेका हुन् ।

योजना ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले स्थानीयवासीले राखेको मोटरेवल पुल निर्माणको योजना जायज रहेको भन्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यहाँहरुले माग्नुभएको योजना महत्वपुणर् छ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो-‘आगामी आर्थिक बजेटमा बजेट बिनीयोजन गरेर पुल निर्माण गर्न पहल गर्छौ ।’ ठुलो लगानी लाग्ने भएकाले सम्भव चालु आर्थिक वर्षमै बहुबर्षिय योजना अन्तर्गत समावेश गर्ने समेत उहाँको प्रतिवद्धता छ ।

गत वर्ष गण्डकी प्रदेशका पूर्व सांसद ललितकला गुरुङ संसद विकास कोषको रकमवाट रु. १० लाख रुपैया बिनीयोजन गरि पुलको डिपिआर समेत बनाईएको छ । डिपिआरमा पुल निर्माणको कुल लागत झण्डै रु.१० करोड ४५ लाख लाग्ने अनुमान गरिएको छ भने यसको लम्वाई ७५ दशमलब ६ मिटर हुने छ । यो खबर बुधवारको धौलागिरि सञ्चारसाप्ताहिकमा पनि छ

मोटरेवल पुलको बिस्तृत योजना प्रतिवेदन तयार पारेर प्रदेश सरकारमा बुझाईएको भएपनि बजेट बिनीयोजन नभएपछि निर्माणस्थलमै मुख्यमन्त्रीलाई लगेर योजना माग गरिएको वडा अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । यो पुल निर्माण भएमा पर्वतको मोदी गाउँपालिकाका तिलाहार, चित्रे, राम्जा, कुश्मा नगरपालिकाको आर्थर, पकुवा क्षेत्रका बासिन्दा लाभान्वित हुने छन् । मोदी गाउँपालिका र कुश्मा नगरपालिका तथा मोदीको वडा नं. ६ र कुश्माको वडा नं. ८ ले समेत पुल निर्माणका लागि सिफारीस गरिएको कुश्मा नगरपालिका वडा नं. ८ का अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!