पर्वत- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतले ३५ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
संघको कुश्मा नगरकमिटिको आयोजनामा पर्वत अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको छ भने राष्ट्रिय युवा संघ जिल्ला कमिटि पर्वतले विश्वकै ठुलो शालिग्राम शिला रहेको विहादी गाउँपालिका स्थित सेतीवेणीमा सरसफाई कार्यक्रम गरेको छ । सरसफाई सँगै शालिग्राम माध्यमिक विद्यालयमा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री पनि वितरण गरेको जिल्ला कमिटि सचिब प्रकाश थकालीले जानकारी दिनुभयो ।

पर्वत अस्पतालमा आयोजित फलफुल वितरण कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि उपसचिब मञ्जु अधिकारी, एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडी, नेता पदमपाणी शर्मा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय युवा संघले पहिलोपटक सदरमुकाम बाहिर शालिग्राममा पुगेर सरसफाई गर्ने, फलफुल तथा स्टेशनरी सामाग्री वितरण गरेकोमा स्थनीय हर्षित बनेका थिए । कार्यक्रममा युवासंघका नेता तथा कार्यकर्ताका साथै एमालेका नेताहरुको पनि सहभागिता रहेको थियो ।







