नेकपा एमाले पर्वतको अध्यक्षमा पहाडी बिजयी - News site from Nepal
नेकपा एमाले पर्वतको अध्यक्षमा पहाडी बिजयी

पर्वत, १ वैशाख ः नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित हुनुभएको छ । पहाडीले आफ्ना प्रतिस्पर्धि पदमपाणी शर्मालाई एक सय २१ मतको अन्तरमा जीत हात पार्नुभएको हो ।

पहाडीले २ सय ४८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धि शर्माले १ सय २७ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा बिमल लामिछाने, सचिबमा सुबाचन्द्र पौडेल, उपसचिबमा चण्डिप्रसाद भुर्तेल र महिला उपसचिबमा बिन्दु अधिकारी निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा अधिकांस पहाडी समुहका उम्मेदवारहरु बिजयी भएका छन् । पहाडीलाई कानून, न्याय, तथा संसदीय मामिला मन्त्री पदम गिरीको समर्थन रहेको थियो ।

त्यसैगरी लेखा समिति अध्यक्षमा पहाडी समुहकै खड्ग बहादुर गुरुङ निर्वाचित हुनुभएको छ । अन्य पद सर्वसम्मत भएपनि २७ पदमा मात्र निर्वाचन भएको थियो । लामो समयको सहमतिको प्रयास असफल भएपछि अन्ततः मतदान प्रकृयामार्फत नेतृत्व निर्वाचित गरिएको हो ।

एमाले पर्वतको अध्यक्षमा निर्वाचित भएसँगै गोबिन्द पहाडीले पार्टीलाई अझै मजवुत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । आन्तरिक प्रतिस्पर्धामा हार जित स्वभाविक भएको भन्दै सवै नेता कार्यकर्तालाई एकजुट बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!