पर्वत- पर्वतमा माओवादीका तीन वटा दलले संयुक्त रुपमा २९ औँ जनयुद्ध दिवस मनाएका छन् ।
वि.स.२०५२ साल फागुन १ गते आजैको दिन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले शुरुवात गरेको जनयुद्धको स्मृतिमा दिवस मनाईएको हो ।
नेकपा माओवादी केन्द्र पर्वत, नेपाल कम्युनिष्ट पार्टी (विप्लब समुह) पर्वत र बाबुराम भट्टराई नेतृत्वमा नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा दिप प्रज्ज्वलन गरी मनाएका हुन् ।
सो अवसरमा बोल्दै बक्ताहरुले मुलुकमा अहिले देखिएको परिवर्तन माओबादी जनयुद्धकै परिणाम भएको बताएका छन् । उनिहरुले जनयुद्धलाई सवैले स्वीकार गर्नुको विकल्प नभएको बताउँदै जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिने विषयमा बखेडा झिक्नु दुःखद भएको बताएका छन् ।
कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी संगठनका केन्द्रीय संयोजक नेत्र चपाई, माओवादी केन्द्रका कुश्मा नगरकमिटि अध्यक्ष शंकर गिरी, नेकपाका जिल्ला सेक्रेटरी बिजय सि लगायतले सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रमको संचालन भिम नेपालीले गर्नुभएको थियो ।






