खानीगाउँमा विद्यालय स्तरीय  कथा वाचन प्रतियोगिता सम्पन्न - News site from Nepal
खानीगाउँमा विद्यालय स्तरीय  कथा वाचन प्रतियोगिता सम्पन्न

रामचन्द्र भुसाल
पर्वत-  फलेवास नगरपालिका ५ खानिगाउँमा रहेको मोति सामुदायिक पुस्तकालयको आयोजनामा विद्यालय स्तरीय कथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार पुस्तकालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरीएको विद्यालय स्तरीय (कक्षा ८–१२) प्रतियोगिता सम्पन्न भएको पुस्तकालयले जनाएको छ ।

प्रतियोगितामा फलेवास नगरपालिका भित्रका विभिन्न विद्यालयबाट १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । विद्यार्थीहरुमा पठन सँस्कृतिको विकास गराउने उद्धेश्यका साथ आयोजना गरीएको प्रतियोगितामा पुस्तकालयले एउटै प्रकारको कथा वाचन गर्न लगाएको थियो ।

प्रतियोगितामा राम माध्यमिक विद्यालयकि छात्रा साहारा रेग्मि प्रथम, शारदा माध्यमिक विद्यालयकि छात्रा ऋष्टि शर्मा द्धितिय, माटेदेवल जनसहयोगि प्राविधिक तथा व्यवसायिक विद्यालयकि छात्रा शुष्मा सुनार तृतिय र भवानि विद्यापिठ माध्यमिक विद्यालयकि छात्रा गृष्मा क्षेत्री र जनता माध्यमिक विद्यालयका छात्र समुन्द्र गिरि ले सान्तवना स्थान हाँसिल गर्नुभएको छ । विजेताहरुलाई क्रमश ४०००, ३०००, २००० र १००० संगै प्रमाणपत्रद्धारा बार्षिकोत्सवबको मुल समारोहको दिन फाल्गुण २ गते बुधबार पुरस्कार प्रदान गरीने लाईब्रेरीयन शुसिला देवी शर्माले जनाकारी दिनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा फलेवास नगरपालिकाका शिक्षा अधिकृत टंकनाथ पौडेलले पूस्तकालयले गरेको यो कार्यक्रमले विद्यार्थीहरुलाई कथा पढ्ने तरीकाको बारेमा आवश्यक ज्ञान हाँसिल गर्न मद्धत पुग्ने बताउनुभयो । कार्यक्रममा पूस्तकालय सञ्चालन समितिका पदाधिकारी, भवनपोखरा टोल सुधार संस्थाका संयोजक अर्जुन बहादुर क्षेत्री, खानिगाउँ प्रहरी चौकिका प्रहरी हवल्दार विर्ख बहादुर रोकाय, सहायक हवल्दार रमेश प्रसाद अधिकारी विभिन्नि विद्यालयका शिक्षक, अभिभावक पत्रकार लगायतको उपस्थितीरहेको थियो ।

पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बरीष्ठ लाईब्रेरीयन ईन्द्र प्रसाद सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!