पर्वत – नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । गत मंगलवार वाट अधिवेश शुरु भएकोमा सहमतीको प्रयास असफल भएपछि प्यानल बनाएर दुई पक्षीय प्रतिस्पर्धा हुन लागेको हो ।
आगामी नेतृत्वका लागि अध्यक्षमा पदमपाणी शर्मा र पहाडी गिरी बीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन समितिले केहि बेर अघि उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरिसकेको छ भने केहि बेरपछि अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।
एमाले पर्वतमा दुई लाईन प्रष्ट देखिएको छ । गण्डकी प्रदेश अधिवेशनमा देखिएको पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी टिम पर्वतमा पनि प्रतिस्पर्धामा उत्रिएको हो ।
पिएस समुहवाट अध्यक्ष उम्मेदवार रहनुभएका पदमपाणी शर्मा को प्यानलमा उपाध्यक्षमा मिनप्रसाद श्रेष्ठ, सचिबमा शिवप्रसाद पौडेल, उपसचिबमा जीवन उच्चै ठकुरी र सरिता भण्डारी रहनुभएको छ ।
खगराज अधिकारी समुहतर्फ गोविन्द पहाडी गिरीको प्यानलमा उपाध्यक्षमा बिमल लामिछाने, सचिबमा सुवासचन्द्र पौडेल, उपसचिबमा चण्डि भुर्तेल र बिन्दु अधिकारी रहनुभएको छ ।
अन्य सवै सदस्यहरु भुगोलवाट निर्वाचित हुने भएका छन् । शर्मा प्यानलमा रहेका उपाध्यक्षका उम्मेदवार श्रेष्ठ अहिले कुश्मा नगरकमिटि अध्यक्ष हुनुुहन्छ । उहाँले लामो समयदेखि एमाले निकट कर्मचारी संगठन काम गर्नुभएको थियो । कर्मचारी छँदाछँदै पर्वत उद्योग बाणिज्य संघको अध्यक्षको रुपमा सफल कार्यकाल बिताउनुभएका श्रेष्ठ अहिले कुश्मा नगर कमिटिको अध्यक्ष रहनुभएको छ ।
शर्मा प्यानका सचिब शिवप्रसाद पौडेल विद्यार्थी कालदेखिनै नेकपा एमालेमा सक्रिय रुपमा लाग्नुभएको छ । अनेरास्ववियू हुँदै युवासंघको केन्द्रीय राजनीतिमा प्रभुत्व जमाउनुभएका पौडेल यस अघि कुश्मा नगरपालिकाको सचिबालय सदस्य, र उपसचिबको जिम्मेवारी सम्हालिसक्नुभएको छ भने अहिले सचिब पदमा उम्मेदवारी दिनुभएको हो । कुश्मा नगरपालिका वडा नं. ११ पकुवाको वडा अध्यक्ष बनेर सफल हुनुभएका पौडेल पर्वत एमालेभित्र प्रभाशालि नेताको रुपमा रहनुभएको छ । उहाँ पर्वत अस्पताल विकास समितिको अध्यक्ष, खेलकुद विकास समितिको अध्यक्ष समेत रहिसक्नुभएको छ ।
त्यसैगरी उपसचिबमा उम्मेदवारी दिनुभएका जीवन विक्रम उच्चै युवाहरु बीच लोकप्रिय रहनुभएको छ । विद्याथर्ी कालदेखिनै पुणर्कालीन राजनीतिमा लाग्नुभएका उच्चै अनुरास्ववियु, युवा संघ, एमाले जिल्ला सदस्य, सचिबालय सदस्य पदमा बसेर काम गरिसक्नुभएको छ भने महाशिला गाउँपालिका वडा नं. ५ को वडा अध्यक्ष र गाउँपालिकाको प्रवक्ताको रुपमा काम गरिसकेको अनुभव छ । अहिले सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष रहनुभएका उच्चै पर्वत एमालेको राजनीतिमा गहिरोगरि लागिरहनुभएको छ । उहाँले आफुले यस पटक जीत हासिल गर्ने सुनिश्चित रहेको बताउनुभएको छ ।
त्यस्तै महिला उपसचिबमा सरिता भण्डारी सरु रहनुभएको छ । उहाँको उम्मेदवारीपछि यो समुहमा सवै भुगोल क्षेत्र समेटिएको छ । विशेषगरी महिलाहरुको नेतृत्व, पार्टीमा पटक पटक कार्यसमितिमा रहेर काम गरेको, उपभोक्ता मञ्ज लगायत विभिन्न सामाजिक संघ संस्थामामा गरेको कामको अनुभव पार्टीमा लागु गर्ने उहाँको योजना रहेको छ ।
यता पहाडी प्यानलको उपाध्यक्षको उम्मेदवार बन्नुभएका बिमल लामिछाने हाल मोदी गाउँपालिकाको उपाध्यक्ष रहनुभएको छ । यस अघि उहाँ सोहि गाउँपालिका वडा नं. ६ तिलाहारको वडा अध्यक्ष सँगै पालिकाको प्रवक्ताको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । विद्यार्थीकालदेखिनै पार्टीमा संलग्न हुनुभएका लामिछाने अनेरास्ववियूको विभिन्न पद तथा युवा संघको पुर्व केन्द्रीय सचिब समेत भैसक्नुभएको छ । एमाले जिल्ला सदस्य हुँदै उपसचिबको कार्यकाल सम्हालिसक्नुभएका लामिछाने अहिले उपाध्यक्षको उम्मेदवार बन्नुभएको हो ।
उपाध्यक्ष पदमै विकास तिमिल्सिनाको पनि उम्मेदवारी परेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरका पुर्व वडा अध्यक्ष तिमिल्सिना अहिले पार्टीको जिल्ला सदस्य समेत रहनुभएको छ । लामो समय प्रहरी सेवामा रहेर सेवा गर्नुभएका तिमिल्सिना अबकास भएको दुई महिनामै जनप्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । प्रहरी सेवामा उत्कृष्ट सेवा प्रवाह गरेर विभिन्न मानपदवी समेत पाउनुभएका तिमिल्सिनाले एमालेलाई बलियो पार्टी बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । उहाँ पर्वतको ट्राफिक प्रहरी प्रमुख हुँदा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड विस्तारमा ठुलो भूमिका खेल्नुभएको थियो ।
पहाडी प्यानलको सचिबमा उम्मेदवारी दर्ता गराउनुभएका सुवासचन्द्र पौडेल कुश्माको गुप्तेश्वर बहुमुखि क्याम्पसमा पहिलोपटक अनेरास्ववियूवाट स्ववियु सभापति जित्न सफल हुनुभएको थियो । अनेरास्ववियुवाट राजनीतिमा लाग्नुभएका पौडेल होटल ब्यावसायी पनि हुनुहुन्छ भने उहाँले यस अघि कुश्मा ७ को वडा अध्यक्ष बनेर रचनात्मक काम समेत गर्नुभएको थियो । उहाँले अहिले पार्टीको जिल्ला सदस्य रहनुभएको थियो । विशेषगरी अध्यक्षका उम्मेदवार शर्मा निकट मानिने पौडेल पछिल्लो समय पहाडी समुहतर्फ नजिक रहनुभएको थियो ।
पहाडी प्यानलमा रहनुभएका उपसचिबमा उम्मेदवार चण्डि भुर्तेल पर्वतको दक्षिण क्षेत्रमा रहेर एमालेको सक्रिय राजनीति गर्दै आउनुभएको छ । भने महिला उपसचिबका उम्मेदवार बिन्दु अधिकारी, अनेरास्ववियू, युवा संघ, अनेमसंघ लगायका संस्थाहरुमा बसेर काम गर्दै आउनुभएको थियो ।
दुवै प्यानलका उम्मेदवारहरुले आ-आफ्नो जीतको दावी गरेका छन् । गण्डकी प्रदेशमा र एमालेभित्र पनि प्रभावशाली र शाहसी नेताको रुपमा रहेका पिएस गुरुङ निकट रहेको शर्मा प्यानलको जीत हुने कतिपयको आँकलन रहेको छ ।
अर्कोतर्फ जिल्लावाटै मन्त्री रहनुभएका पदम गिरीको साथ समर्थन पाएका पहाडीले निर्वाचन जित्ने दावी पनि रहेको छ ।
अध्यक्षका दुवै उम्मेदवारले जो जसले बिजयी भएपनि पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन् । निर्वाचनको परिणाम आईसकेपछि पार्टीलाई एकढिक्का बनाएर जाने पदमपाणी शर्माले बताउनुभयो । जीवनभर विशुद्ध राजनीतिमात्रै गर्दै आएकाले कार्यकर्ताले विवेक प्रयोग गर्ने शर्माको भनाई छ ।
निर्वाचनमा जिल्लाभरवाट ३ सय ९१ जना प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । सहमति नभए आजै केहि बेरपछि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ ।






