पर्वत, २९ चैत ः ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरुको गुणस्तर मापन गर्ने उद्धेश्यले पर्वतको पैयूँ गाउँपालिकाले यस पटक कक्षा ८ को परिक्षा पनि एसईई प्रणालीमा सञ्चालन गर्यो ।
विद्यार्थीहरुमा सिकाई अभिबृद्धि गर्ने उद्धेश्यले सञ्चालन गरिएको कक्षा-८ को पालिका स्तरिय परिक्षाको नतिजा चिन्ताजनक देखिएको छ । पालिका भरिका एक सय ८४ जना विद्यार्थीहरु परिक्षामा सहभागि भएकोमा जम्मा ४५ जना मात्रै उर्तीणर् हुन सफल भएका छन् ।
विद्यालय र विद्यार्थीको वास्तविक अवस्था जाँच गर्नका लागि यो पटक कक्षा ८ को परिक्षा प्रणालीलाई एसईईकै मोडलमा संचालन गरिएको पैयूँ गाउँपालिका अध्यक्ष तोरण मल्ल ठुकरीले बताउनु भयो । उहाँका अनुसार नतिजा हेर्दा साह्रै चिन्ताजनक देखिएको छ । जम्मा २५ प्रतिशत विद्यार्थी मात्र उत्तिणर् भएको उहाँले बताउनुभयो ।
पैयूँ गाउँपालिकाले शिक्षामा गरेको लगानी वास्तविक रुपमै मुल्यांकन गरि आगामि वर्षमा शिक्षाको सुधारका लागि योजना निर्माण गर्न गाउँपालिकाले शैक्षिक अबस्था बारे जानाकारि लिन यो कदम चालेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
परिक्षामा अनुत्तिणर् भएका एक सय ३९ विद्यार्थी हरु मध्ये नन ग्रेड ल्याउने विद्यार्थीलाई बैशाख ६ गतेदेखि १४ गते सम्म ग्रेड बृद्धिको परीक्षा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत चैत ४ गते देखि १३ गतेसम्म कक्षा-८ को परीक्षा केन्द्र नै तोकेर पालिका स्तरीय परीक्षा सञ्चालन गरेको र शैक्षिक अवस्था अवलोकन गर्ने उद्देश्यले गाउँपालिका स्तरिय परीक्षा समिति नै बनाएर प्रश्न पत्र बनाएको तथा विषयगत शिक्षकबाट उत्तर पुस्तिका जाँच गरेको पैयूँ गाउँपालिकाका शिक्षा शाखा प्रमुख गोविन्दराज सुवेदीले जानकारी दिनुभयो ।
शैक्षिक सत्र २०८० को आधारभुत तह उत्तिणर् परिक्षा निश्चित मापदण्ड पुरा गरिएको र नतिजाले पैयूँको वास्तविक शैक्षिक अवस्था उजागर गरेको हुदाँ आगामी दिनमा शैक्षिक सुधारका लागि सबै सरोकार वालाहरु गम्भिर भएर अगाडि बड्नुपर्ने शाखा प्रमुख सुवेदीले बताउनु भयो ।
परीक्षामा पालिकाभरिका १२ विद्यालय सहभागी थिए । विद्यालयको नाम नै सार्वजनिक गरेर गाउँपालिकाले परीक्षा नतिजा प्रकाशित गरेको जनाएको छ । १२ विद्यालयहरु मध्ये धर्मोदय मा.वि, जनता मा.वि, यज्ञश्वर आधारभुत विद्यालय र देउराली आधारभुत विद्यालय गरी ४ विद्यालयको नतिजा शुन्य रहेको पाईएको छ ।
केन्द्रीकृत रुपमा मर्यादित परिक्षाको थालनी गरेको र यी कमजोरीबाट शिक्षा लिँदै आगामी दिनमा कसरी अगाडि बड्ने भन्ने योजना बनाउने पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले बताउनुभयो । ‘यो नतिजाले सामुदायिक विद्यालयको चित्र स्पष्ट बनाएको छ ।’ उहाँले भन्नुभयो ।
‘कक्षा ८ कै अवस्था यस्तो छ भने अन्य कक्षा र एसईईको अवस्था कस्तो होला’ पैंयुँ-५ का वडा अध्यक्ष निर्भिक नारायण भुर्तेलले भन्नुभयो-‘गुणस्तर सुधारमा शिक्षक, विद्यार्थीले ले बढि ध्यान दिनु आवश्यक देखिन्छ ।’ ‘विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी, तथा सम्पूणर् शिक्षाप्रेमी नागरिक समाजले गम्भीर भएर सोच्न ढिला गर्न नहुने उहाँको भनाई छ ।