विहादी माओवादी केन्द्रको अध्यक्षमा भुसाल - News site from Nepal
विहादी माओवादी केन्द्रको अध्यक्षमा भुसाल

पर्वत-नेकपा (माओवादी केन्द्र) विहादि गाउँ पालिका, पर्बतको दोश्रो गाउँ पालिका सम्मेलन सोमवार सम्पन्न भएको छ ।
अधिवेशनले सम्मेलनले ऋषिराम भुसालको नेतृत्वमा ३५ सदस्य कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा टेकबहादुर थापा, टेक वहादुर वस्याल र ज्ञानु गिरी रहनुभएको छ ।
कमिटि सचिवमा जीवलाल पराजुली , सह-सचिवमा वैकुण्ठ के.सी र कोषाध्यक्षमा सुनिता पौडेल रहनुभएको छ ।
यस अघि आयोजित सम्मेलनको उद्घाटन कार्यक्रमा सो पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताले सम्वोधन गर्नुभएको थियो । माओवादी केन्द्र पर्वतले जिल्लाका सातवटै पालिकामा सम्मेलन तथा नयाँ नेतृत्व चयन अभियान संचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!