पर्वत जेसीजको सप्ताह भोलीदेखि शुरु हुँदै - News site from Nepal
पर्वत जेसीजको सप्ताह भोलीदेखि शुरु हुँदै

पर्वत- युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजले हरेक वर्ष मनाउँदै आएको जेसीज सप्ताह भोलीदेखि शुरु हुने भएको छ ।
विभिन्न रचनात्मक कार्यक्रम सहित भोलीदेखि सप्ताह प्रारम्भ हुने भएको हो । युवाको विकासको लागि सकारात्मक सोचाई भन्ने मुल नाराका साथ संचालन हुने जसीज सप्ताह अन्तर्गत पहिलो दिन भोली सोमवार उद्घाटन तथा दुर्घटनामा परि एक वर्षदेखि अचेत अवस्थामा रहेकी शिक्षिका सरिता चापागाईलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम रहेको छ ।
कात्तिक २७ गते दुर्घटना न्यूनिकरणका लागि स्लो बाईक रेश प्रतियोगिता, कात्तिक २८ गते मैत्रीपुणर् फुटबल प्रतियोगिता आयोजना गरीको छ । आयोजक जेसीज र नेपाल पत्रकार महासंघबीच मैत्रीपुणर् फुटबल खेल हुने भएको छ ।
त्यसैगरी मंसिर २ गते पर्वत कारागारमा पुस्तक हस्तान्तरण, मंसिर ३ गते पर्वतको चुवामा रहेका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, मंसिर ४ गते ठुलीपोखरीमा रहेको कालीका भगवती मन्दिरमा घण्ट प्रतिस्थापन तथा पुजा सामाग्री हस्तान्तरण, मंसिर ५ गते पर्वत जिल्ला स्तरीय विद्यालय नृत्य प्रतियोगिता तथा जेसीज संगम कार्यक्रमको आयोजना गरिएको सप्ताहका मुल संयोजक अच्युत पौडेलले जानकारी दिनुभयो ।

हरेक दिनको कार्यक्रमका लागि छुट्टाछ्ट्टै संयोजक तोकिएको छ । पर्वत जेसीजले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सप्ताह अन्तर्गत संचालन हुने कार्यक्रमहरु सार्वजनिक गरेको हो । पर्वत जेसीजका अध्यक्ष मिलन पौडेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब अमृत पोखरेलले गर्नुभएको थियो । कार्यक्रमका बारेमा मुल संयोजक अच्युत पौडेलले जानकारी गराउनुभएको थियो ।
पहिलो दिनदेखि अन्तिम सम्मका संयोजकमा मन्जु शर्मा, प्रवेशराज पुरी, अर्जुनराज पुरी, झलक चापागाँई, अजय पोखरेल, शर्मिला पौडेल, गणेश पौडेल र पवन श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!