पर्वत, २४ भदौ ः पर्वतको फलेवास-लुंखु सडकखण्ड अन्तर्गत महाशिला गाउँपालिका वडा नं. ५ स्थित वाईचोकमा गएराती स्कर्पियो दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।
पर्वत सदरमुकाम कुश्माबजारवाट महाशिला गाउँपालिकाको लुंखुदेउराली जाँदै गरेको बिएए १९९१ नम्वरको स्कर्पियो गएराती सडकबाट झण्डै एक सय मिटर तल खस्दा एकै गाउँका १० जना घाईते भएका हुन् ।
घाईते हुनेमा महाशिला गाउँपालिका वडा नं. ५ का ८ वर्षिय बिशाल हमाल, सोहि ठाउँका ३६ वर्षिय बिराज हमाल, १९ बर्षिय रमन हमाल, ६२ वर्षिय ओम बहादुर मल्ल, ४३ वर्षिया प्रमिला शाहि ठकुरी, चालक २२ वर्षिय सुदर्शन मल्ल रहनुभएको छ ।
त्यसैगरी १९ वर्षिय लक्ष्मण हमाल, ३८ वर्षिय सुरज उचै, १५ वर्षिय दिनेशजंग गुरुङ्ग, र ४५ वर्षिया पबित्रा गुरुङ्ग रहनुभएको छ । उहाँहरुको टाउको र छाति, नाक तथा हातखुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । घाईते मध्ये सवारी चालक सुदर्शन हमाल, प्रमिला शाही र पबित्रा गुरुङलाई थप उपचारका लागि मणिपाल अस्पता पोखरा पठाईएको प्रहरीले जनाएको छ ।
घाईतेहरु सवै दशै मनाउन घर फर्किएका हुन् । उकालो बाटोमा चालकले नियन्त्रण गुमाउँदा सवारी भिरमा खसेको प्रहरीको अनुमान रहेको छ ।






