सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन ः मन्त्री बस्याल  - News site from Nepal
पर्वत २५ भदौ ः गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले बाह्रैमास यातायात सविधा पुग्नेगरी सडकको पुहँच नपुगेसम्म ग्रामीण क्षेत्रको विकास गर्न नसकिने बताउनुभएको छ ।
दक्षिण पर्वतमा मंगलवार बेउलीवास-पुणर्गाउँ, पैंयुँकोट-लुंखु सडक स्तरोन्नती आयोजनाको शिलन्यास गर्दै मन्त्री बस्यालले जतिवेलासम्म गाउँगाउँमा पुग्ने सडक सहज बन्दैनन् तबसम्म गाउँमा कुनैपनि विकास गर्न नसकिने बताउनुभयो । सडकको पहुँच नपुगेकै कारण बसाईसराईको दर बढ्दै जाँदा गाउँ रित्तिन थालेको बताउँदै मन्त्री बस्यालले नागरिकलाई गाउँमै बस्ने बातावरण बनाउनका गुणस्तरीय सडक, शिक्षा, स्वास्थ्यमा जोड दिनुपर्ने बताउनुभयो ।
मन्त्री बस्यालले अहिले सरकारले सडक सुविधावाट बञ्चित भएका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनीयोजन गरेको दावी गर्नुभयो । उहाँले गाउँगाउँमा उत्पादित बस्तुलाई बजार सम्म पुर्‍याउन नसक्दा कृषक र उद्यमी व्यावसायिक बन्न नसकेको बताउँदै गुणस्तरीय सडक निर्माणपछि ग्रमीण क्षेत्रका नागरिक समेत स्वरोजगारमुखि हुने बताउनुभयो ।
प्रस्तावित पोखरा-सेतीवेणी-रिडी पर्यटकीय राजमार्गसँग जोडिने बेउलीवास-पुणर्गाउँ-पैंयुँकोट-लुंखु सडक स्तरोन्नती र कालोपत्र भएपछि यस क्षेत्रको पर्यटन बिकासमा समेत महत्वपुणर् भूमिका खेलने उहाँले बताउनुभयो । मन्त्री भएपछि पहिलोपटक आफ्ना गृह पालिकामा जानुभएका बस्यालले यस क्षेत्रको विकासका लागि आफु निरन्तर खट्ने प्रतिवद्धता जनाउनुभयो ।
बेउलीवास-पुणर्गाउँ-पैंयुँकोट-लुंखु सडक रु. पाँच करोडको लगानीमा स्तरोन्नती गर्न थालिएको हो । बहुवर्षिय योजनामा समावेश भएको यो सडकका लागि गण्डकी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय र संघीय सरकार मार्फत चालु वर्षका लागि रु. एक करोड २० लाख रुपैया बिनीयोजन भएको छ । १३ किलोमिटर लामो यो सडक खण्ड स्तरोन्नतीको जिम्मा स्वर्गद्धारी महाप्रभु निर्माण सेवाले पाएको छ ।
यो सडक स्तरोन्नती पछि पैंयुँ गाउँपालिका वडा नं. ३ बेउलीवास, महाशिला गाउँपालिकाका होश्राङदी, बालाकोट, भोक्सिङ र लुंखुका बासिन्दाहरु लाभान्वित हुने भएका छन् ।
कार्यक्रममा पैंयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले ग्रामीण क्षेत्रमा रहेको यो गाउँपालिकाका अधिकांस सडक कच्ची रहेको भन्दै सवै सडकहरु क्रमश स्तरोन्नती गर्दै लगिने बताउनुभयो । उहाँले पालिकाको बजेटले मात्र सम्भव नभएकाले प्रदेश सरकार र संघीय सरकारमार्फत बजेट माग गरेर भएपनि सडकहरुलाई बाह्रैमास संचालन हुनेगरी विकास गर्दै जाने बताउनुभयो ।
पहिलोपटक आफ्नो क्षेत्रमा पुग्नुभएका मन्त्री बस्याललाई स्थानीय पुैयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, उपाध्यक्ष यामकुमारी राना, प्रमुख प्रशासकिय अधिकृत जीवन गैरे लगायतले भब्य स्वागत गर्नुभएको थियो । पैयुँमा रहेका हुवास बहुमुखि क्याम्पस, पैंयू बहुमुखि क्याम्पस, निर्माल जनसेवा मावि लगायतले पनि मन्त्री बस्याललाई स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!