फलेवास नगर स्तरीय कृषि संजालको प्रथम अधिवेसन सम्पन्न, अध्यक्षमा विनोद भुसाल चयन - News site from Nepal

रामचन्द्र भुसाल
फलेवास –  पर्वतको फलेवास नगरपालिकामा रहेको नगर स्तरीय कृषि संजालको प्रथम अधिवेसान सम्पन्न भएको छ । “आधुनिकिकरण, व्यवसायिकरण, यान्त्रिकरण, बजारीकरण गरौँ कृषि उत्पादन आयातलाई न्युनिकरण गरौँ” भन्ने नाराका साथ वि.सं. २०७७ सालमा स्थापना भएको संजालले शुक्रबार एक कार्यक्रमका विच कृषक तथा सरोकारवलाहरुको सहभागितामा अधिबेसन सम्पन्न गरेको हो ।

फलेवास नगरपालिका वडा नम्बर ५ खानिगाउँको सभाहलमा सम्पन्न भएको अधिवेसनले विनोद भुसालको संयोजकत्वमा ११ सदस्यि समिति गठन गरेको छ । जसको उपसंयोजकमा भानुप्रकाश थापा, सचिवमा थानेश्वर भुसाल, सहसचिवमा जीदुर भुषण क्षेत्री, कोषाध्यक्षमा तारा बि.क. चयन हुनुभएको छ भने सदस्यहरुमा मेकराज काफ्ले, कालिराज चपाईँ, शिव अधिकारी, गिता कुमारी खनाल, इश्वरी पाण्डे, गंगादेवी शर्मा, वेदांगभक्त पाध्या, कमला श्रेष्ठ चयन हुनुभएको छ ।

त्यसैगरी लक्ष्मीदत्त भुसालको संयोजकत्वमा टुकनाथ शापकोटा र लक्ष्मीकुमारी शर्मा सदस्य रहने गरी सल्लाहाकार समति गठन गरीएको छ भने अर्जुन प्रसाद श्रेष्ठको संयोजकत्वमा माधव प्रसाद गौडेल, नर बहादुर क्षेत्री, ढाकाराम सुवेदी, कृष्ण प्रसाद तिवारी सदस्यहरु रहने गरी प्राविधिक सल्लाहकार समिति गठन गरीएको छ ।

कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा कुमारी क्षेत्री, कृषि अधिकृत केदार शापकोटा, खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछाने, विभिन्न सरोकारवला व्यक्तिहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख तिवारीले संजालले फलेवासको कृषि क्षेत्रलाई सवल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले समुहिक कृषिलाई प्राथमिकता दिएर उत्पादन र बजारीकरणमा सहज वातावरण सिर्जना गरी कृषकहरुलाई व्यवसायिक बनाउनमा नगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा फलेवास नगरभित्रका ११ वटौ वडामा रहेका सक्रिय कृषकहरुको सहभागिता रहेको थियो । उपस्थीत कृषकहरुले कृषि क्षेत्रमा आफुले बटुलेका अनुभवहरु आदानप्रदान गरेका थिए भने कृषि क्षेत्रमा आवश्यक तालिम तथा प्रविधिको बारेमा आश्यक ज्ञान नभएर पनी उत्पादनमा सोचेजस्तो प्रगती हुन नसकेको जस्ता गुनासाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै संजालका अध्यक्ष विनोद भुसालले अघिल्ल्लो कार्यकालमा संजालले गरेका सम्पुर्ण गतिविधि तथा कार्यप्रगतिहरु फोटोको माध्यमबाट प्रस्तुत गर्दै जानकारी गराउनुभएको थियो । कार्यक्रममा कृषक तारा विकले गितमार्फत कृषकहरुको मनोवल बढाउने सन्देश दिनुभएको थियो ।

संजालका अध्यक्ष विनोद भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कोषध्यक्ष तारा वि.क. र सञ्चालन सल्लाहाकार समिति संयोजक अर्जुन प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!