उद्योग र पर्यटनको क्षेत्रमा नमुना काम गर्छौ ः मन्त्री बस्याल - News site from Nepal

पर्वत २३ असोज ः गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याललले गण्डकी प्रदेशको समृद्धिका लागि उद्योग र पर्यटनको क्षेत्रमा नमुनायोग्य काम गर्ने बताउनुभएको छ ।
बुधवार फलेवास नगरपालिकामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यो प्रदेशमा पर्यटन, उर्जा र कृषिको बढि सम्भावना रहेको बताउनुभयो । मन्त्री बस्यालले आफुले लामो संघर्ष र जनताको बलिदानीबाट प्राप्त गरेको यो पदको अवधि लामो वा छोटो जस्तोसुकै भए पनि स्मरण गर्न योग्य र नमुना काम गरेर देखाउने बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख तिवारीले फलेवासको समग्र विकासका लागि मन्त्रालयबाट हुने सहयोग पर्याप्त गर्न आग्रह गर्नुहुँदै चालु वर्ष पर्वतको क्षेत्र (ख) ले प्राप्त गर्ने एउटा बहुवर्षे योजना आफ्नो सिफारिसमा फलेवासमै शुरु गरिदिन आग्रह गर्नुभयो । ‘दुबैजना माननीयको सिफारिसमा गण्डकी प्रदेशको एउटा बहुवर्षे योजना नगरप्रमुखको सिफारिसमा फलेवासमै शुरु गर्न म फलेवासबासी जनताको तर्फबाट आग्रह गर्दछु ।’ नगरप्रमुख तिवारीले भन्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द पहाडीले आर्थिक मन्दिका बेला मुलुकका तीनै तहका सरकारहरु उत्पादनमुखी नभएर बितरणमुखी कार्यतर्फ लागिरहेको परिवेशले मुलुकलाई असफलतातर्फ लैजाने संकेत गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्य, नगरका बिभिन्न वडाका वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्य, बिभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, राजनीतिक तथा सामाजिक अगुवा लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बस्याल, नगरप्रमुख तिवारी लगायत सम्पुणर् सहभागिहरुले आउँदैगरेका बिजयादशमी लगायतका सम्पुणर् पर्वहरुको शुभकामना आदानप्रदान समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!