पर्वत- पर्वतको विहादी गाउँपालिका पुणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।
“स्थानिय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पुणर् खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ बिहीवार विहादी गाउँपालिकामा पुणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको हो ।
बिहीवार आयोजित एक कार्यक्रमका बीच पालिकाका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक परवीन गुरुङले पुणर् खोपयुक्त पालिका सुनिश्चित भएको घोषणा गर्नुभएको हो । यहाँका पाँच वर्ष मुनिका सवै बालबालिकाले सवैखालका खोप लगाएका छन् । गाउँपालिकामा जन्मेदेखि १५ महिना सम्मका र १६ महिना देखी ५९ महिना सम्मका ४८६ जना बालबालिकालाई पुणर् खोप लगाइएको विहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रनाथ पौडेलले बताउनुभयो । यो जिल्लाको तेस्रो पुणर् खोपयुक्त पालिका घोषणा भएको हो । यसअघि गत सोमवार पैंयुँ र बिहीवारै महाशिला गाउँपालिका पुणर् खोपयुक्त घोषणा भएको थियो ।
घोषण कार्यक्रममा वडा खोप समन्वय समितिका पदाधिकारी, विद्यालयका प्रधानध्यापकहरु, गाउँपालिका अन्र्तगतका विषयगत शाखाक प्रमुख, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयमसेविका, आमा समुह लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले पुणर् खोपयुक्त पालिका घोषणा गरेर मात्र पुरा नहुने भन्दै आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले बालबालिका विभिन्न संक्रमणवाट संक्रमित नहोउन् र बाल मृत्युदर न्युनिकरण गर्न सरकारले यस्तो कार्यक्रम ल्याएको भन्दै यसमा सवै अभिभावक र सरोकारवाला सचेत हुनुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल निर्माण नभएसम्म नागरिहरुले सुलभ रुपमा स्वास्थ्य उपचार पाउन नसकेको बताउँदै निर्माणाधित अस्पताल समयमै पुरा गर्न सक्रियपुर्वक लागेको बताउनुभयो ।
सो अवसरमा पूणर् खोप सुनिश्चिततायुक्त पालिका घोषणा गर्न सहयोग गर्ने वडा कार्यालयहरु प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा गाउँपलिकाका उपाध्यक्ष मिना तिवारी, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुसाल, स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर नारायण प्रसाद रेग्मीले खोपको महत्व र खोप नलगाउँदा बालबालिकामा हुने असर लगायतका बारेमा जानकारी गराउनुभएको थियो । नियमित खोप तथा सरसफाइ प्रवद्र्धन कार्यक्रम तथा स्थानीय तहमा महामारी रोकथाम तथा नियन्त्रण का लागि वैशाख महिनाको अन्त सम्म जिल्लाका स्थानीय तहरुलाई पुणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले बताउनुभयो ।
कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रनाथ पौडेलले गर्नुभएको थियो ।






