पर्वत- पर्वतको महाशिला गाउँपालिका पुणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।
“स्थानिय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पुणर् खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ महाशिला गाउँपालिकामा पुणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको हो ।
बिहीवार महाशिलामा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले पुणर् खोप सुनिश्चिततता घोषणा गर्नुभएको हो । यहाँका पाँच वर्ष मुनिका सवै बालबालिकाले सवैखालका खोप लगाएका छन् । गाउँपालिकामा जन्मेदेखि १५ महिना सम्मका १०२ जना बालबालिका र १६ महिना देखी ५९ महिना सम्मका ३११ बालबालिका गरी ४१३ जनालाई नै पुणर् खोप लगाइएको महाशिला गाउँपलिकाका स्वास्थ्य शाखा प्रमुख नरबहादुर बरालले जानकारी दिनुभयो । यो जिल्लाको दोस्रो पुणर् खोपयुक्त पालिका घोषणा भएको हो । यसअघि गत सोमवार पैंयुँ गाउँपालिका पुणर् खोपयुक्त घोषणा भएको थियो ।
घोषण कार्यक्रममा वडा खोप समन्वय समितिका पदाधिकारी, विद्यालयका प्रधानध्यापकहरु, गाउँपालिका अन्र्तगतका विषयगत शाखाक प्रमुख, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयमसेविका, आमा समुह लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।
पालिका स्तरीय खोप समन्वय समिति अध्यक्ष तथा महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकले पुणर् खोपयुक्त पालिका घोषणा गरेर मात्र पुरा नहुने भन्दै आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले बालबालिका विभिन्न संक्रमणवाट संक्रमित नहोउन् र बाल मृत्युदर न्युनिकरण गर्न सरकारले यस्तो कार्यक्रम ल्याएको भन्दै यसमा सवै अभिभावकक र सरोकारवाला सचेत हुनुपर्ने बताउनुभयो ।
पूणर् खोप सुनिश्चिततायुक्त पालिका घोषणा गर्न सहयोग गर्ने वडा कार्यालयहरु प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले खोपको महत्व र खोप नलगाउँदा बालबालिकामा हुने असर लगायतका बारेमा जानकारी गराउनुभएको थियो । नियमित खोप तथा सरसफाइ प्रवद्र्धन कार्यक्रम तथा स्थानीय तहमा महामारी रोकथाम तथा नियन्त्रण का लागि वैशाख महिनाको अन्त सम्म जिल्लाका स्थानीय तहरुलाई पुणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न लागेको स्वास्थ्य कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
कार्यक्रममा महाशिलाका उपाध्यक्ष धनसुवा विकले पनि बोल्नुभएको थियो भने स्वागत महाशिलाका स्वास्थ्य शाखा प्रमुख नरबहादुर बरालले गर्नुभएको थियो ।






