शिवरात्रीको अवसरमा पर्वतमा शिव ध्वजारोहण तथा स्नेहमिलन कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत- हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा पर्वतमा शिव ध्वजारोहण एवम् स्नेहमिलन कार्यक्रम सम्पन्न भएको छ ।
ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालय कुश्मा शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपाली धर्म संस्कृतिका जगेर्ना गर्नु हामी सवैको दायित्व भएको बताउनुभयो । उहाँले धर्मले मानिसलाई अनुशासन र आचरणमा बस्न मद्धत गर्ने भन्दै धर्मसंस्कारलाई सवैले अनुसरण गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवर, जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, प्रमुख जिल्ला अधिकारी प्रेम आचार्य लगायनले बोल्नुभएको थियो ।
ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय धौलागिरि क्षेत्रकी संचालिक सावित्रिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन कुश्मा शाखाकी संचालिक राधिकाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!