नारी दिवसमा पर्वतमा महिला खेलकुद र दृष्टिबिहीनलाई न्यानो कपडा वितरण - News site from Nepal

पर्वत- सामाजिक विकास कार्यालय पर्वतको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ दृष्टिबिहीन विद्यार्थीलाई न्यानो कपडा वितरण र महिला खेलकुद प्रतियोगिता गरी मनाईएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले महिलाहरु आफ्नो हकअधिकार प्राप्तीका लागि एकजुट हुनुपर्ने बताउनुभयो । संविधानमा महिलाहरुका हक अधिकार सुनिश्चित गरिएको भएपनि व्यवाहरिक रुपमा पुणर् कार्यान्वयनमा आईनसकेको बताउँदै संविधानमा लेखिएको अधिकार कार्यान्वयनमा सवैले ध्यान दिनुपर्ने उहाँको भनाई रहेको छ ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगर उपप्रमुख स्वस्थानी रिजाल, महिला अधिकारकर्मी माया अधिकारी, कमला पन्त लगायतले बोल्नुभएको थियो ।
सामाजिक विकास कार्यालय पर्वतका प्रमुख टंकप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालका सरु भण्डारी र संचालन सिता केसीले गर्नुभएको थियो ।
सो अवसरमा मेच घुमाउने, बेलुन फटाउने र घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा बिजयीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । भने १२ जना दृष्टिबिहीन विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!