
पर्वत- गत चैतमा जिल्ला अधिवेशन सम्पन्न भएपछि नेकपा एमालेले पालिका र वडा कमिटिका अधिवेशनलाई तीब्रता दिएको छ । पार्टी कमिटिलाई तल्लो तहसम्म चुस्त र गतिशिल बनाउनका लागि वडा तहका अधिवेशनलाई तिब्रता दिईएको हो ।
पालिका अधिवेशन भएका जिल्लाको फलेवास, कुश्मा, जलजला र मोदी र महाशिला गाँउँपालिका वडाहरुमा धमाधम अधिवेशन भैरहेको छ । विहादी र पैंयुँको पालिका अधिवेशन हुन बाँकी रहेको छ ।
यसैबीच शनिवार सम्पन्न दुर्लुङ्ग वडा कमिटिको अधिवेशनले यामनाथ शर्माको अध्यक्षतामा सर्वसम्मत कमिटि निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा विष्णुप्रसाद शर्मा, सचिबमा रामचन्द्र शर्मा, उपसचिबमा भिम गुरुङ र गंगामाया विक रहनुभएको छ ।
यस अघि आयोजित उद्घाटन समारोहलाई सम्वोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज पुर्व मन्त्री पदम गिरीले नेकपा एमालेले अंगिकार गरेको मिसन ८४ लाई सफल पार्नका लागि सम्पुणर् नेता कार्यकर्ताहरु एकमन एकताका साथ अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । नेकपा एमालेले मुलुकको परिवर्तनका लागि गरेका कामहरु तल्ला तहसम्म पुर्याउँदै कार्यकर्ताहरुको हित र मनोभावना अुनसार काम गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।
कार्यक्रममा केन्द्रीय सल्लाहाकार कमिटि सदस्य मेघनाथ सुवेदी, प्रदेश तथा जिल्ला र नगर तहका नेताहरुले पनि सम्वोधन गर्नुभएको थियो ।
यसैगरी पर्वतको मोदी गाउँपालिका वडा नंं ८ चित्रेको अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले शुकबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमा वडा कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा जगन्नाथ लम्साल, सचिबमा चिन्तामणी पौडेल उपसचिबमा सन्तोषी विक र रामप्रसाद त्रिपाठी रहनुभएको छ । यहाँ १५ सदस्यीय वडा कमिटि चयन गरिएको हो ।