कालिगण्डकी एकेडेमीको २८ औँ वार्षिकोत्सव सम्पन्न - News site from Nepal
कालिगण्डकी एकेडेमीको २८ औँ वार्षिकोत्सव सम्पन्न

 पर्वत-  पर्वतको सदरमुकाम कुश्मामा सञ्चालित कालिगण्डकी एकेडेमी अंग्रेजी आवासीय माविको २८ औँ वार्षिकोत्सव, अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक विकासका बारेमा छलफल भएको छ भने संस्थागत विद्यालयका समस्याका बारेमा चर्चा भएको छ ।
उक्त अवसरमा वार्षिक परीक्षामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण, फागुन २२, २३ र २४ गते सञ्चालन भएको अभिभावकहरुको खेल, विद्यार्थीको खेलकुदमा विजेता लाई पुरस्कार, उत्कृष्ठ शिक्षकहरुलाई सम्मान, अन्तर मावि स्तरीय लोकनृत्य प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीको प्रमुख आतिथ्यतामा विद्यालयले कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै जोशीले सामूदायिक विद्यालयले संस्थागत विद्यालयको शैक्षिक विकास र संस्थागतले सामूदायिक विद्यालयको व्यवस्थापकीय सिपको सिको गर्नुपर्ने बताउनुभयो । दुबै खाले शैक्षिक संस्थाले एक आपसमा अनुभव साटासाट गर्दा त्यसले शैक्षिक विकासमा टेवा पुग्ने उहाँले धारणा राख्नुभयो ।
नगरप्रमुख जोशीले गुणस्तरीय, प्राविधिक तथा व्यवसायिक शिक्षाको आवश्यकता रहेको पनि धारणा राख्नुभयो । आजभोली १२ कक्षा पढेपछि विद्यार्थीहरु विदेश पढ्न जाने क्रम बढेको भन्दै अव शैक्षिक प्रतिष्ठानले विद्यार्थीलाई स्वदेशमै टिकाउने विषयमा ध्यान दिन जरुरी रहेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख रामचन्द्र जोशी सहित प्रमुख प्रसासकीय अधिकृत विष्णुप्रसाद तिवारी, शिवालय क्याम्पसका प्रमुख लेखनाथ उपाध्याय, प्याव्सका अध्यक्ष श्रीराम पराजुली, शिक्षक डिलकुमारी तिवारी, विद्यार्थी सुयोग श्रेष्ठ, सिम्रन भण्डारी र विनिशा क्षेत्री, अभिभावक सीता नेपाली र दिवाकर पौडेल लगायतले बोल्नुभएको थियो ।  बिव्यस अध्यक्ष वविता कर्माचार्यको अध्यक्षतामा प्रिन्सीपल वसन्तकुमार कर्माचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सहायक प्रिन्सीपल गोबिन्द पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!