कुश्मामा ३० किलो अबैध माछा नियन्त्रणमा - News site from Nepal
कुश्मामा ३० किलो अबैध माछा नियन्त्रणमा

पर्वत – पर्वतको कुश्मामा अव्यवस्थित रुपमा विक्री गर्दै आएको माछा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
कुश्मा नगरपालिकाको पशु सेवा शाखाको टोलीले कुश्मा नगरपालिका ६ बगैंचाचोक बाट माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
पोखरा स्थित पृथ्वीचोक बाट खरिद गरि कुश्मामा विक्री गरिरहेको अवस्थामा ३० किलो माछा नियन्त्रणमा लिईएको पशु सेवा शाखाका प्रमुख डा. रुपक कँडेलले जानकारी दिनुभयो । कोलचेनको कुनै प्रवन्ध नगरि तरकारी राख्ने क्यारेटमा राखेर विक्री गरिरहेको अवस्थामा ति माछा नियन्त्रणमा लिईएको कँडेलले बताउनुभयो ।
नियन्त्रणमा लिइएको ३० किलो माछा नष्ट गरिएको उहाँले बताउनुभयो । चिस्यान अर्थात आवश्यक कोलचेन नगरिएको हुनाले नियन्त्रणमा लिईएका माछा बाट दुर्गन्ध समेत आएको स्थानीयको गुनासो पछि अनुगमन गरिएको हो । व्यवसायीले अव्यवस्थित तरिकाले माछा ढुवानी गर्ने र विक्री गर्ने श्रंखला नयाँ भने होईन् ।
विगतमा पनि यसरी माछा विक्री भएकोमा नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । पर्वतको कुश्मामा स्थानीय जातका असला माछा भन्दै कतिपयले जनकपुर र भारत बाट समेत ल्याएर विक्री गर्ने गरेको सर्वसाधारणले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!