पर्वत २२ मङ्सिर ः गण्डकी प्रदेश सरकारका भौतीक पुर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीले पुर्वाधार विकास कार्यालय पर्वतको शनिवार निरिक्षण गर्नुभएको छ ।
विभिन्न कार्यक्रमको शिलशिलामा पर्वत आउनुभएका मन्त्री केसीले पुर्वाधार विकास कार्यालय पर्वतवाट चालु आर्थिक वर्षमा संचालित आयोजनाहरुको अवस्था, प्रथम चौमासिक अवधिको प्रगति र समस्याका बारेमा ब्रिफिङ लिुनुभएको हो ।
सो अवसरमा मन्त्री केसीले जनगुनासो नआउनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षका लागि बिनीयोजन भएको बजेटवाट पारदर्शि रुपमा काम गर्न निर्देशन दिँदै सवै कामहरु गुणस्तरयुक्त र निर्धारित समयअवधि भित्रै सम्पन्न हुनुपर्नैमा जोड दिनुभयो । उहाँले बजेट बिनीयोजन भएका सवै योजनाहरुको काम शुरु गर्न, सुचना नकिस्केको भए सुचना प्रकाशन गर्न समेत आग्रह गर्नुभयो ।

मन्त्री केसीले अहिलेको सरकारले पारदर्शिता, गुणस्तरीयता र रुग्ण योजनाहरुलाई पनि तत्काल सम्पन्न गर्नेगरी व्यवस्थापन गरेको बताउँदै जिल्लावाट सल्टिने समस्या तत्काल समाधान गर्न र नसकेमा मन्त्रालयमा आउन आग्रह गर्नुभयो । ‘विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन’ मन्त्री केसीले भन्नुभयो -‘काममा ढिलाई गर्ने ठेकेदारलाई पहिला लिखित स्पष्टिकरण सोध्नुहोस्, त्यति गर्दापनि अटेर गरेमा मन्त्रालयमा लिएर आउनुहोला ।’
उहाँले मर्मत सम्भार गरेर सहज हुने सडक तथा पुलहरुलाई प्राथमिकता दिन आग्रह गर्दै मर्मत सम्भारको बजेटवाट बाढी पहिरो जस्ता बिपद पछिको पुर्ननिर्माणलाई ख्याल गर्नुपर्ने बताउनुभयो । यो वा त्यो बहानामा योजनाहरु अड्काएर राख्नु उचित नहुने उहाँको भनाई रहेको थियो ।
निरिक्षणको क्रममा पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले पर्वत जिल्लामा चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका मध्ये ५४ वटा योजना कार्यान्वयनमा गैसकेको र बाँकी रहेका योजनाहरु पनि यो महिनाभित्रै सुचना प्रकाशन गरेर ठेक्का प्रकृयामा जाने बताउनुभयो । उहाँले लुंखुदेउराली-बालाकोट-होस्राङदी र मिलनचोक-धाईरिङ्ग-घाखेत सडक ठेकेदारको लापरबाहीका कारण रुग्ण अवस्थामा पुगेको बताउँदै ती योजनाको काम द्रुत गतिमा हुन नसकेको बताउनुभयो । त्यस मोटरेवल पुल, सडक मर्मत, स्तरोन्नती र कालोपत्रेका योजनाहरु भने निर्वाध रुपमा संचालन भएको बताउनुभयो ।
मन्त्री केसी सँगै निरिक्षणमा सहभागि भौतीक पुर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिब कमल कुमार अधिकारी, सिनियिर डिभिजन इन्जिनियर महेन्द्र बाँनीया, मन्त्री केसीका निजि सचिब तथा इन्जिनियर गुरुदत्त अधिकारी, मुख्य मन्त्री सुरेन्द्र पाण्डेका निजि सचिब राजेन्द्रबहादुर क्षेत्री लगायतले पुर्वाधार निर्माणका कामहरु कहिँ कतै समस्या आएमा आवश्यक समन्वय गर्न आग्रह गर्नुभएको थियो ।






