पर्वत २१ असोज ः पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ गोदाममा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निश्क्रिय पारेको छ ।
पर्वत स्थित श्री नयाँ रणभिम गुल्म नजिकै स्थानीय रामबहादुर नेपालीको बारीमा बेवारिसे अवस्थामा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको २३ नम्वर बाहिनी अड्डा बागलुङको प्राविधिक टोलीले टोलीले सुरक्षित रुपमा निश्क्रिय पारेको हो । जग्गा धनी नेपालीले घाँस काट्ने क्रममा शंकास्पद बस्तु भेटिएको भन्दै श्री नयाँ रणभिम गुल्मको सुरक्षा पोष्टमा खबर गरेपछि डिस्पोजल टोली बोलाएर सुरक्षित रुपमा निश्क्रिय पारिएको गुल्मका प्रमुख सेनानी सुभास थापा क्षेत्रीले जानकारी दिनुभयो ।
उक्त बम तत्कालीन द्धन्द्धकालकै बेलाको हुने सक्ने र कुनै व्यक्तिले यस स्थानमा ल्याए बेवारिसे अवस्थामा छाडेको हुनसक्ने जस्तो देखिएको थापाले बताउनुभयो । के कति कारणले सेनाको गण नजिकै भेटियो भन्ने बारेमा थप अनुसन्धान भैरहेको थापाले जानकारी दिनुभयो ।
उक्त शंकास्पद बस्तु पाईप सकेट बमजस्तै प्रकृतिको रहेको डिस्पोजल टोलीले जनाएको छ । आइतवारनै भेटिएको उक्त बस्तु सोमवार मात्र निश्क्रिय पारिएको हो । निश्क्रिय पार्ने आइतवारको प्रयास असफल भएपछि सोमवार थप विज्ञ बोलाएर डिस्पोज गरिएको थियो ।






