पर्वत- पर्वतवाट दुई दुई पटक प्रतिनिधि सभाको निर्वाचन जितेका सांसद पदम गिरीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको नयाँ गठवन्धनमा एमालेले पहिलो दिनमै गिरीलाई मन्त्रीको रुपमा सिफारीस गरेको थियो । एमालेले पहिलो नम्वरमै सिफारीस गरेकाले गिरीले मालदार मन्त्रालय पाउने आँकलन गरिएको भएपनि मन्त्रीमण्डल भागवण्डामा एमालेले मायाबी लचकता देखाएपछि गिरीलाई कानून मन्त्रालयको जिम्मेवारी परेको हो । यस अघि गिरीलाई गृह, कि पुरानै स्वास्थ्य मन्त्रालय वा सुचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने चर्चा रहेको थियो ।
प्रचण्डकै नेतृत्वमा अघिल्लो पटक ४२ दिने मन्त्री बन्नुभएका गिरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुभव लिईसक्नुभएको छ ।
दोस्रोपटक संघीय सरकारको मन्त्री बन्नुभएका गिरीले आजै पदभार ग्रहण गर्ने बुझिएको छ ।






