पर्वत- प्रेस चौतारी नेपालका २६ औ स्थापना दिवसको अवसरमा पर्वतमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा नेपाल निजामती कर्मचारी संगठन प्रथम, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ द्धितिय र नेपाल लोकतान्त्रिक आदिबासी महासंघ पर्वतले तृतिय स्थान हात पारेका छन् । उनिहरुलाई क्रमश ५ हजार, तीन हजार र २ हजार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा ८ समुहले भाग लिएका थिए ।
सहभागि तथा बिजयीहरुलाई नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले पुरस्कार वितरण गर्नुभएको थियो । हाजिरिजवाफ प्रतियोगिताको सहजीकरण शिक्षक आनन्द पौडेल इन्द्रप्रसाद शर्मा र सन्तोष पौडेलले गर्नुभएको थियो ।
यस अघि आयोजित कार्यक्रमको उद्घाटनमा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य कल्पना चापागाईले पार्टीलाई बलियो बनाउन मातहतका जनसंगठनहरु पनि क्रियाशिल हुनुपर्ने बताउनुभयो । उहाँले स्थापना दिवसको अवसरमा चौतारीले रचनात्मक काम गरेकोमा प्रसंसा व्यक्त गर्नुभयो । पछिल्लो समय प्रेस र आम संचार माद्यामहरुको अवस्था खस्कदै गएको बताउँदै सञ्चार क्षेत्रको विकासमा राज्यले उचित ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष राजु पौडेलले पनि सम्वोधन गर्नुभएको थियो ।
प्रेस चौतारी पर्वतका अध्यक्ष कृष्ण अखेलीको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रमको संचालन सचिब दिपेश विकले गर्नुभएको थियो ।
कार्यक्रममा एमालेका जिल्ला तहका सवैजसो नता, केन्द्रीय प्रचार विभाग सदस्य रामकृष्ण ज्ञवाली, प्रेस चौतारीका प्रदेश अध्यक्ष इन्द्र पौडेल, महासचिब आश गुरुङ लगायतको पनि सहभागिता थियो ।







