
पर्वत- महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भोली दर खाने दिनमा पनि मोदी गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।
सरकारले हरितालीका तीजको दिन महिलाहरुलाई मात्र सार्वजनिक विदा दिने गरेको भएपनि मोदी गाउँपालिकाले भने दर खाने दिनमा पनि सार्वजनिक बिदा दिने निणर्य गरेको हो । हरितालिका तीज अन्तर्गत दर खाने दिनलाई विशेष रुपमा मनाउँदै आईएको र विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम समेत हुने परम्परालाई मध्यनजर गर्दै संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले सार्वजनिक विदा दिने निणर्य भएको पालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोली पालिका मातहतमा रहेका सम्पुणर् कार्यालय र विद्यालयहरुमा समेत सार्वजनिक विदा रहने शर्माले बताउनुभयो ।
पालिकाले संस्कृति र परम्परा संरक्षणकै लागि भन्दै आज पालिका स्तरीय खुल्ला तीज गित प्रतियोगिता पनि आयोजना गरेको छ ।