कुश्मा नगरपालिकाद्धारा सडक वत्तीको ५० लाख बक्यौता भुक्तानी, अझै २४ लाख बाँकी - News site from Nepal

पर्वत – लामो समयदेखि महसुल नबुझाएका कारण सडक बत्तिको लाइन काटेपछि कुश्मा नगरपालिकाले बक्यौता रकम भुक्तानी गरेको छ ।

नेपाल बिद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले लामो समयदेखि सडक बत्तिको रकम भुक्तानी नभएको भन्दै चैत ४ गतेदेखि कुश्माबजार क्षेत्रको बत्तिको लाईन काटेको थियो । कुश्मा नगरपालिकाले बक्यौता मध्ये रु. ५० लाख रुपैयाँ भुक्तानी गरेको नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्रका लेखा प्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार पटक पटक ताकेता गर्दा पनि कुश्मा नगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेपछि बाध्य भएर बिध्युत प्राधिकरण लाइन काट्न बाध्य भएको थियोे । उहाँका अनुसार अब नगरपालिकाले हालसम्मको रु.२४ लाख बक्यौता भुक्तानी दिन बाँकी छ । नगरपालिकाले बाँकी रकम पनि छिट्टै भुक्तानी दिने प्रतिबद्धता जनाएको लेखा प्रमुख शर्माले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका अनुसार सडकमा जडान गरिएको बिजुली बापत कुश्मा नगरपालिकाले रु.७४ लाख रुपैयाँ बढी भुक्तानी दिन बाँकी रहेको थियोे । कुश्मा नगरपालिका र विद्युत प्राधिकरण बिच चारबर्ष अघि सडक बत्तिसम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार सडक बत्तिबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख थियो ।

यता नेपाल बिद्युुत प्राधिकरणले अब भने हरेक बत्तिको मिटर बक्स राखेर मात्रै सडक बत्तीको लाईन जोड्ने तयारी गरेको छ । सडक बत्तिमा प्रयोग हुने मिटरबक्स बिद्युुत प्राधिकरणले निशुल्क दिने र तार कुश्मा नगरपालिकाले उपलब्ध गराउने सहमति भएको नेपाल बिद्युुत प्राधिकरण पर्वत बितरण केन्द्रका प्रमुख प्रितमराज बिष्टले जानकारी दिनुभयो । नयाँ सम्झौता गरेर हरेक बत्तिको मिटर बक्स नराखेसम्म लाई नजोडिने उहाँको भनाई छ ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु तिवारीले बजेटका अभावका कारण परै भुक्तानी गर्न नसकिएको बताउनुभयो । बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिने उहाँले बताउनुभएको छ ।

सडक बत्तिको लाईन काटिएपछि अहिले कुश्माबजार र आसपासका वडा अन्धकार बनेका छन् । रातीको समयमा पनि झलमल्ल हुने बजारका चोक तथा गल्लीहरु दुई सातादेखि अन्धकार बनेका हुन् ।

नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका लेखा प्रमुख गोविन्दप्रसाद शर्माले बक्यौता रकम असुलीमा केन्द्र सक्रिय भएर लागेको बतउानुभयो । उहाँले नगरपालिका लगायत सरकारी कार्यालय, सामुदायिक संघ संस्था वा निजि घरहरुमा रहेको बक्यौता रकम असुली गर्ने अभियाननै संचालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!