
रामचन्द्र भुसाल
पर्वत – फलेवास नगरपालिका ५ खानिगाउँमा रहेको भवानि विद्यापिठ माध्यमिक विद्यलयमा जुना चलचित्र प्रदर्शनी गरीएको छ । आईतबार एक कार्यक्रमका विच विद्यालयका शिक्षक, विद्यार्थीहरु, जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागितामा उक्त चलचित्र पदर्शनि गरीएको हो ।
महिला हिंसा र वालबिवाह निरुत्साहित गर्ने उद्धेश्यले निर्माण गरीएको सामाजीक चलचित्र पुर्व राष्ट्रपती विद्यादेवी भण्डारीद्धारा प्रथम पटक अवलोकन गरी आम नागरीकहरुको विचमा विशेष पदर्शनी भईरहेको छ । चलचित्रमा बाल बिवाहको असर तथा नारीहरुको व्यथाबारे सन्देश दिईरहेको पाईन्छ ।
चलचित्रका निर्माता जीवन सेन्चुरीले नगरपालिकासंग सहकार्य गरी पर्दशन गरीएको चलचित्रले वालबालिकाहरुमा व्यवाहारीक ज्ञान दिन सहयोग पुग्ने बताउनुभयो । चलचित्र पदर्शनि कार्यक्रममा बोल्दै फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारीले बालविवाह गर्दा किशोरीहरुमा देखिने समस्याहरु चलचित्रमार्फत खुलस्त भएको भन्दै यस्ता खाले चलचित्रले समुदाय परीवर्तनमा सहयोग पुग्ने भन्दै चलचित्र निर्माणकर्ता लगायतको समुहलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । चलचित्रमा जुना भन्ने नारीले सानो उमेरमा विवाह गर्दा भोग्नुपरेका समस्याहरुको बारेमा प्रष्ट पारीएको छ ।
चलचित्र हेर्ने क्रममा नारीको समस्या र व्याथा देख्दा धेरैजसो दर्शकहरुका आँखाभरी आँसु भएका थिए भने कतिपयलाई सम्हालिनै गाह्रो भईरहेको थियो ।
चलचित्र हेरीसकेपश्चात प्रतिक्रिया दिँदै विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले आफ्नो हजुरबुवा हजुरआमाको पालामा यस्तै खाले रितिथिति तथा सँस्कार रेहेको भन्दै उक्त चलचित्रले विगतलाई बोलिरहेको बताउँदै अहिलेको परीस्थितिमा विद्यार्थीहरुलाई सचेत हुन आग्रह गर्नुभयो ।