आजदेखि पर्वतको जलजला गाउँपालिकाको सेवाप्रवाह ठप्प रहने - News site from Nepal
आजदेखि पर्वतको जलजला गाउँपालिकाको सेवाप्रवाह ठप्प रहने

पर्वत १६ भदौ ः पर्वतको जलजला गाउँपालिकाका कर्मचारीहरुले जनप्रतिनिधिहरुवाट भएको दुब्र्यवहारका कारण काम गर्ने वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन् ।

तीन जना वडा अध्यक्ष र एक जना कार्यपालिका सदस्यले मंगलबार दिउँसो कार्यालयका सूचना अधिकारीको बोर्ड च्यात्ने, प्रमुख प्रशासकीय अधिकृतको नेमप्लेट फाल्ने र अन्य कर्मचारीहरुलाई कुटपिट तथा अभद्र ब्यवहार गरेपछि बसेको कर्मचारीहरुको आकस्मिक बैठकले सेवा प्रवाह बन्द गर्ने निणर्य गरेको हो । आज बुधवारदेखि लागु हुनेगरी कार्यस्थलको वातावरण नबन्दा सम्म पेन डाउन गर्ने निणर्य गरिएको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

कर्मचारीको आन्दोलनका कारण चाडपर्वको मुखैमा शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीको तलब, समाजिक सुरक्षा भत्ता, उपभोक्ता समिति, निर्माण व्यवसायी र आपुर्तिकर्तालाई लामो बिदा हुने चाडपर्वको मुखैमा भुक्तानी प्रभावित हुने भएको छ ।

प्रमुख प्रशासकिय अधिकृत आचार्यका अनुसार गाउँपालिकाको स्वास्थ्य शाखामा दुईजना कर्मचारी लोकसेवा आयोगवाट छनौट भएर आएपछि करारमा रहेका कर्मचारी हटाउन लागेको भन्दै जनप्रतिनिधि आक्रोशित बनेका हुन् । कार्यसम्पादन मुल्यांकनमा पर्वतको पहिलो र गण्डकी प्रदेशमै दोस्रो बनेको गाउँपालिकामा जनप्रतिनिधिको ज्यादती बढेको उहाँको भनाई छ ।

जलजला गाउँपालिका वडा नं.-४ का वडा अध्यक्ष भरतबहादुर क्षेत्री, वडा नं. २ का अध्यक्ष प्रकाशबहादुर जिसी, वडा नं. ३ का अध्यक्ष एकिन्द्र खत्री र कार्यपालिका सदस्य भिमसेन बहादुर विश्वकर्माले अभद्र र अमर्यादित ब्यवहार गरेको विषयमा कर्मचारीहरुले गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउदै काम गर्ने वतावरण बनाईदिन आग्रह गरेका छन् ।

कर्मचारीहरुले मंगलवारनै सूचना जारी गरी कार्यालयमा सहज रुपमा काम गर्ने वातावरण तयार नहुँदा सम्म गाउँपालिकाबाट हुने सम्पुणर् सेवा प्रवाह बन्द रहने प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । अभद्र ब्यवहारको आरोप लागेका जनप्रतिनिधीहरु नेकपा एमालेबाट निर्वाचित हुनुहुन्छ ।

कार्यपालिकाका सदस्य भिमसेन बराइलीले सामान्य गल्ती भएको स्वीकार्दै, घटनालाई अतिरञ्जिन गरिएको बताउनुभयो । उहाँले केही कर्मचारीको दादागिरीले गाउँपालिकानै बदनाम भइरहेको भन्दै काम गर भन्दा जनप्रतिनिधीसँग लड्न आउने कर्मचारी कुनै हालतमा स्वीकार्य नहुने बताउनुभयो । केही कर्मचारीको दादागिरीले गाउँपालिका बद्नाम र बन्दक हुने भएको उहाँको प्रतिक्रिया छ ।

जलजलाका गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्य नेपाली काँग्रेस, उपाध्यक्ष दिपक आचार्य माओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ । पाँच जना वडा अध्यक्ष सहित बहुमत कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरु नेकपा एमालेबाट निर्वाचित छन् । जलजला गाउँपालिकामा दोस्रो कार्यकालका जनप्रतिनिधी निर्वाचित भएयता पटक पटक राजनीतिक बिवाद हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!