पर्वतका सांसद बस्याल उद्योग तथा पर्यटन मन्त्रीमा नियुक्त - News site from Nepal

पर्वत– गण्डकी सरकारमा नेकपा एमालेबाट ४ मन्त्री थपिएका छन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका ४ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो ।

जसमध्ये पर्वतवाट निर्वाचित सांसद मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश सभा ख वाट निर्वाचित सांसद बस्यालले उद्योग तथा पर्यटन मन्त्रायको जिम्मेवारी पाउनुभएको हो । त्यसैगरी नवलपुरकी पद्मा जिसीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, बागलुङका कृष्ण पाठक लाई स्वासथ्य र कास्कीका प्रकाश केसीले भौतिक पुर्वाधार विकसा तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
नबनियुक्त मन्त्रीको सपथ केहि बेरपछि हुने भएको छ ।
लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय बस्याल प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएपछि जिल्लावासी हर्षित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!