![](https://www.lokatantraonline.com/wp-content/uploads/2024/04/hatya.jpg)
पर्वत, २० चैत ः पर्वतको जलजला गाउँपालिका वडा नं. २ मल्लाजको दह मा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् ।
स्थानीय वर्ष ६९ का सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी ६७ वर्षिया कमला जिसी आफ्नै घर भित्र मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान श्रीमतीनै मृत अवस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए ।
स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । घटनाको प्रारम्भिक अवस्था हेर्दा शंकास्पद देखिएको छ, उहाँले भन्नुभयो पोखरावाट चिकित्सक सहितको टोली बोलाएर थप अनुसन्धान पछि मात्र घटनामा यकिन विवरण आउने छ ।
जलजला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष प्रकाश जिसीले घर भित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पत्तिको शव विहान ९ बजे भेटिएकोे जानकारी दिनुभएको । दुवै जना रगताम्य अवस्थामा भेटिएका थिए ।
उहाँका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।